बुधबार, मंसिर २०, २०८०

Post Flag: Featured

कञ्चनपुरमा श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा

कञ्चनपुरमा श्रीमान्–श्रीमती बीच रोचक भिडन्त हुने भएको छ । स्थानीय तहको चुनावमा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा एक दम्पती नै चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् । दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडासदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् । फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट...

Continue reading

अखिल क्रान्तिकारीले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने (कार्यविभाजनसहित)

अखिल (क्रान्तिकारी) ले स्थानीय तहको निर्वाचनमा ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने भएको छ। अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठकको निर्णयानुसार प्रत्येक बुथमा १०० जना क्रान्तिकारी युवा परिचालन गर्ने भएको हो। यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने र भयरहित वातावरणमा निर्वाचन गराउन बुथ सुरक्षासहित नेकपा माओवादी केन्द्र र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उद्देश्यले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने निर्णय कार्यान्वयन गरिएको क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । साथै बैठकले संगठनका केन्द्रीय पदाधिकारीद्वारा सम्बन्धित...

Continue reading

त्रिभुवन विमानस्थलमा बमको आशंका, आन्तरिक उडानका यात्रु बाहिर निकालियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । त्रिभुवन विमानस्थलका एक अधिकारीले दिएको जानकारी अनुसार, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं । हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’ त्यसैले...

Continue reading

ओखलढुङ्गाबाट एमाले अध्यक्षमा उम्मेदवार बनेका विष्टलाई अदालतले दियो पक्राउ गर्न आदेश

ओखलढुङ्गामा एमालेबाट उम्मेदवार बनेका मिलन कुमार विष्टलाई अदालतले पक्राउ गर्न आदेश दिएको छ । लिखु गाउँपालिकामा उम्मेदवार बनेका विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाका एक अधिकृतले जानकारी दिएका छन् । विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । विष्ट विरुद्ध...

Continue reading

स्थापितको अर्को आपत्तिजनक टिप्पणी : मान्छे पनि हो कि होइन जस्तो लाग्यो !

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् । हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए । यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला...

Continue reading

कसले मार्ला चनखुमा बाजी !

नविन कार्की : मन्थली नगरपालिका वडा नं.१० चनखुको वडा अध्यक्षका लागी स्वतन्त्र सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये माओवादी, काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । चूनाव नजिंकिदै गर्दा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रम र चुनावी सभामा व्यस्त छन् । क्रमश: माओवादीबाट कुमार कार्की, काँग्रेसबाट गोपीलाल तामाङ र एमालेबाट राहारी चौहानले उम्मेदवारी दिएका छन् । कुमार कार्की युवा भएकाले माओवादीले जित्ने सम्भावना धेरै भएको देखिन्छ । २०७४ को चुनावमा माओवादीबाट भारत बा. बोहोरा (अर्जुन) विजयी भएका थिए भने काँग्रेसका शंखर कार्कीले मात्र २९ भोटले पराजित भएका थिए । एमालेबाट भने डम्बर...

Continue reading

राहुल गान्धीको नेपाल भ्रमण : भारतमा हंगामा

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणका शिलशिलामा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएका थिए। त्यसपश्चात बीजेपीको सूचना तथा प्रविधि विभागका प्रमुख अमित मालवीयले ट्वीटरमा गान्धीलाई नाइटक्लबमा देखाइएको भिडियो सार्वजनिक गरेका छन् । त्यस ट्वीट पश्चात भारतमा गान्धीको विपक्षमा भारतीय जनता आक्रोशित हुन पुगेका छन् । “मुम्बई कब्जामा हुँदा राहुल गान्धी नाइट क्लबमा थिए। उनी एक नाइट क्लबमा हुनुहुन्छ जब उनको पार्टी विस्फोट भइरहेको छ। चाखलाग्दो कुरा के छ भने, कांग्रेसले...

Continue reading

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ?

थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो...

Continue reading

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको...

Continue reading

एआईजी पोखरेलको रिटमा बुधबार सुनुवाइ हुने

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार सुनुवाइ हुने भएको छ। पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका थिए। आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो। सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।

Continue reading

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई २४ घण्टे अल्टिमेटम दिंदै स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण माग गरेको हो । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिएका छन् । यही वैशाख १५ गते काठमाडौंको धुम्बाराइस्थित नेशनल कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो...

Continue reading

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

आइतबार भएको प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्ट रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले सुनिता रावतको वारेसमार्फत दिन लागेको रिट दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतले जानकारी दिएको छ। आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो। सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै...

Continue reading

नमूना मतपत्रमा चुनाव चिह्न नभेटेपछी स्वतन्त्र उम्मेदवार धर्नामा

निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामबाट मेयर पदमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् । नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापतिबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनलाई स्थानीय तह निर्वाचनका लागि घण्टाघर चुनाव चिह्न दिएको थियो। तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न नै छापिएको छैन । आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा...

Continue reading

पाल्पामा कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट !

आउँदै गरेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। यसको दोष भने दुवै पार्टीले एकअर्कामाथि लगाएका छन्। नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले निकालेको विज्ञप्तिमा कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा बोकेका १ सय २० जना जतिको समूह आएर आफुहरु माथि कुटपिट गरेको दाबी गरिएको छ । उता नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको...

Continue reading

कुन पदमा कतिले गरे मनोनयन फिर्ता ?

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा मनोनित भएका मध्येबाट २८० ले उम्मेदवारी फिर्ता लिएका छन् भने गाउँपालिका उपाध्यक्षबाट २२५ जना पछि हटेका हुन् । त्यस्तै नगरपालिका प्रमुखमा उठेका २६८ जना, नगरपालिका उपप्रमुखक २०४ र वडाध्यक्षबाट सबैभन्दा बढी २८३७ ले मनोनयन फिर्ता लिएका छन् । त्यसै गरि दलित महिला सदस्यबाट ६७७,...

Continue reading

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । अर्याल र सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Continue reading

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त !

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको छ । धिरज प्रताप सिंह २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका हुन् । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, रबिन्द्रबहादुर धानुक र सहकुलबहादुर थापालाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् । सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि उनका दुई प्रतिस्पर्धीलेले अदालत जाने तयारी गरिरहेको खबर बाहिर आएको छ । मन्त्रिपरिषद् बैठकले सिंहलाई...

Continue reading

सशस्त्रमा ३२ वर्षे अवधि बढाउने चलखेल असफल, दुई वर्ष समय थप्ने प्रयास गरेका आईजीपी केसी बिदा हुँदै

काठमाडौं । सशस्त्र प्रहरी बलमा सेवा अवधि बढाउने चलखेल बन्द भएको छ । वर्तमान सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दुई वर्ष सेवा अवधि बढाएर आफू निरन्तर संगठन प्रमुख हुनका लागि गरेको चलखेल असफल भएपछि उनले शुक्रबार साँझ एआईजीहरुको लागि सूचना जारी गरेसँगै सो चलखेल बन्द भएको हो । ‘बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षे सेवा अवधि लम्बाउने विषय सकिएको छ’, एपीएफ स्रोतले भन्यो । शुक्रबार महानिरीक्षक केसीले बैशाख १९ गतेपछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका छन् । केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको...

Continue reading

श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो । श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएको सांसद मैत्रीपाला सिरिसेनाले बताउनुभएको छ । उहाँले अब बन्ने नयाँ प्रधानमन्त्रीकाे नामबाट एक राष्ट्रिय परिषद् नियुक्ति गरिने तथा मन्त्रिमण्डलमा सबै राजनीतिक दलका सांसद सामेल हुने...

Continue reading

केशव स्थापितले महिला हिंसा गरेको भन्दै ४५ संघसंस्थाद्वारा कारबाही माग (विज्ञप्तिसहित)

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्। ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको...

Continue reading

राष्ट्रिय फुटबल टोलीमा १७ नयाँ खेलाडी; बन्द प्रशिक्षण सुरु

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन्। मंगलबार प्रशिक्षण छाडेका खेलाडीको ठाउँमा अलमुताइरीले गोलकिपर विकेश कुथु, फरवार्ड जर्ज प्रिन्स कार्कीसहितलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताइरीले नयाँ खेलाडीलाई अवसर दिएका हुन्। अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका थिए। थपिएका खेलाडीमा कुथु र कार्कीसहित विशाल सुनार, अनिश चौधरी, निरकुमार राई, सुनील श्रेष्ठ, सुशील राई, आकाश बुढामगर, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, अभिषेक बराल, सञ्जोक राई, मनीष...

Continue reading

उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्दै आयोग

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै छ। निर्वाचन आयोगले शनिबार दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो। यसअघि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारहरुले चिह्न पाउने छन्। उम्मेदवारी दिएका मध्ये कतिपय उम्मेदवारले हिजो उम्मेदवारी फिर्ता लिएका थिए। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

Continue reading

सिन्धुलीको काँग्रेस कार्यालयमा आक्रमण, गाडीमा तोडफोड, सात जना घाइते

सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राती आक्रमण भएको छ । काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार जीतबहादुर भुजेलका अनुसार नेकपा (एमाले)का कार्याकर्ताले आक्रमण गरेको आरोप लगाउनुभयो । आक्रमणबाट सात जना कार्यकर्ता घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधन तोडफोड भएको भुजेलले जानकारी दिनुभयो । सामान्य घाइने हुनेमा कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेसल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएको जनाएको छ । आक्रमणबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत