प्रेम अन्धाे हुन्छ त्यतिकै भनिदैन । प्रेमकै कारण काठमाडाैमा बाबा आमाले गाेली खानुपरेकाे छ भने उता बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरीका कार्यालय सहयोगी (भान्से) राजकुमार रुम्बाले ज्यान गुमाउन पुगेका छन् । हत्या एक युवतीका दुई प्रेमीबीच प्रतिस्पर्धाका कारण भएको खुलेको छ।
प्रहरीका अनुसार युवतीका कारण रिसइबी र लुटपाट हत्याको प्रमुख कारण भएको खुलेको हाे।
सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र गत ६ पुसमा रुम्बाको शव फेला परेको थियो।
शव फेला परेको बागमती प्रदेश ०१–०२८–च–७६१६ नम्बरको कार राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीको...
सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।
अरब क्रान्तिको क्रममा हजारौंलाई मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको हो ।
सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको त्यहाँको नयाँ सरकारले जनाएको छ । कञ्जु हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी हो।
कान्जु अल हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले...
काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ।
थाइल्यान्डको बैंककबाट उडेको जेजु एयरको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा आइतबार अवतरणका क्रममा दुर्घटनामा परेको हो।
बिमान दुर्घटना : ज्यान गुमाउनेको संख्या ६२ पुग्यो
विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। दुर्घटनामा परी कम्तीमा १२० जनाको मृत्यु भएको र दुई जनालाई जीवितै फेला पारेको दक्षिण कोरियाको दमकल विभागले पुष्टि गरेको छ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। चोईले त्यहाँ उद्धार...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाए पछि बिज्ञानमा ठुलो उपलब्धी मानिएको छ ।
नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर नजिकबाट गुज्रिएको थियो, सुर्यको यती नजिक पुगेर रेकर्ड बनाएको यो संसारको पहिलो मानव निर्मित साधान हो । अझ सजिलो भाषामा भने हो पार्कर सोलारले तय गरेको दुरीलाइ अझ सजिलो तरिकाले बुझ्ने हो भने पृथ्वी र सुर्यको दुरीलाइ मानौं एक मिटर ठानौं । त्यो आधारमा भन्दा सुर्य नजिक पार्कर सोलार पुग्नलाइ जम्मा ४ सेन्टिमिटरमात्रै बाँकी रहेको अवस्था हो ।
एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले...
झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-८ बस्ने २८ वर्षीय सुमित श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ स्थित पेच्कर बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २१ वर्षीय सन्देश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई...
काठमाडौँ । अन्तिमसम्म प्रयास गर्दापनि सर्वोच्च अदालत बार एशोसिएशनको पुस २० मा हुने कार्यसमिति निर्वाचमा सत्तारुढ गठबन्धन बन्न नसकेपछि एमाले माओवादी एकातिर र कांग्रेस- समाजवादी अर्कोतिर भएका छन् ।
यो गठबन्धनमा सबैभन्दा घाटा राष्ट्रिय स्वतन्त्र पार्टीले ब्यहोरेको छ । सुरुमा एमालेसँग गठबन्धन गर्न कस्सिएको रास्वपाले सर्वोच्च बारको उपाध्यक्षमा उम्मेदवारी पाएपनि अन्तिम क्षणमा एमालेसँगको गठबन्धन कायम हुन नसकेपछि उम्मेदवारी नै फिर्ता लिएर मैदान खाली गरेको छ ।
सर्वोच्च बारको लागि दुवै शक्तिशाली समूहहरु डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) र प्रगतिशिल तथा पेशागत समूह (पिपिएलए) तथा केही स्वतन्त्रहरुले...
नेपाल वायुसेवा निगम (नेवानि) लाई २०१८ मा दुईवटा एयरबस ए३३०-२०० विमान आपूर्ति गरेको एएआर कर्पलाई अमेरिकी न्याय विभागले ५५ मिलियन डलर जरिबाना गरेको छ।
दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरूलाई घुस दिएको अभियोगमा एएआर कर्पलाई जरिबाना गरेको हो।
‘इलिनोइसको वुड डेलमा मुख्यालय रहेको सार्वजनिक विमान सेवा कम्पनी एएआर कर्पले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरूलाई घुस दिने भ्रष्ट योजनामा संलग्न भएको विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) उल्लंघन गरेको सम्बन्धमा न्याय विभाग र सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) को अनुसन्धान गर्न ५५ मिलियन डलरभन्दा बढी तिर्नेछ,’...
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ।
पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...
प्रशान्त महासागरमा अवस्थित कुक टापुले आफ्ना नागरिकका लागि छुट्टै राहदानी बनाउन न्युजिल्यान्ड सरकारलाई प्रस्ताव गरेको थियो, जसलाई न्यूजिल्याण्ड सरकारले अस्वीकार गरेको छ ।
कुक टापुहरू एक स्व-शासित टापु राष्ट्र हो जुन न्यूजील्याण्डको ‘स्वतन्त्र संघ’ हो । न्यूजील्याण्ड कुक टापुहरूको विदेश मामिला र रक्षाको लागि जिम्मेवार छ । कुक टापुका नागरिकहरूले न्यूजील्याण्डमा त्यहाँ बस्न, काम गर्न र स्वास्थ्य सेवाहरू प्रयोग गर्न सक्छन् ।
कुक टापुका प्रधानमन्त्री मार्क ब्राउनले मानिसहरूलाई आफ्नो पासपोर्ट पहिचानको लागि राख्न आग्रह गरेका थिए । तर न्युजिल्यान्डले कुक टापु पूर्ण रूपमा स्वतन्त्र...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको संसद पद निलम्बन हुने विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयमा पत्र पठाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद् सचिवालयमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको जानकारी बारेको पत्र पठाएको हो ।
पत्रमा लामिछानेविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ ।
लामिछानेको सांसद पद निलम्बन : ४२७ पेजको अभियोगमा के-के छ ?
उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ । न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने बताइएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत...
सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । अभियुक्त लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको बाह्रखरीसँगको कुराकानीमा जानकारी गराए ।
“उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ,” उनले भने, “सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल हुदै छ । आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र र जनकपुर बोल्ट्स भिड्दै छन् ।
यस प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुदै छन् । लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले पराजित गरको थियो भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ विकेटले जनकपुरलाई पराजित गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमको मनोबल उच्च रहेको छ । अन्य टिममा विदेशी खेलाडीले खेल जिताइरहे पनि सुदूरपश्चिममा भने नेपाली खेलाडीनै म्याच विनर बनिरहेका छन् । विनोद भण्डारी, कप्तान समेत रहेका दीपेन्द्र...
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
पाँच वटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’हरूलाई चिन्नुहोस्
यस अघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने स्राेतले जनाएकाे छ ।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशी पक्राउ
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो ।
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका...
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा सुपर फोर अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ ।
यस अघि विहिबार सुपर फोर अन्तर्गतको खेलमा नेपाल र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित भएको थियो । बर्षाले खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका थिए ।
त्यस्तै विहिबार नै सम्पन्न खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो । फाइनलमा पुग्न नेपाल र बंगलादेश दुवैलाई आजको खेल जित्नै पर्ने अवस्था रहेको छ । नेपालले आज बंगालदेशलाई पराजित गरेमा फाइनलमा पुग्ने छ । भारत भने हाल सुपर फोरको शिर्ष स्थानमा रहेर फाइनलमा...
काठमाडौँ । फ्रान्समा आफ्नी श्रीमतीलाई लागूऔषध खुवाएर अज्ञात व्यक्तिबाट १० वर्षसम्म बलात्कार गर्ने श्रीमान र अन्य ५० जना बलात्कारका अभियुक्तलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।
दक्षिणी फ्रान्सको एभिग्नन अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो ।
७२ वर्षीय आरोपी पतिको नाम डोमिनिक पेलिकोट हो । फ्रान्स २४ को रिपोर्ट अनुसार डोमिनिककी श्रीमती गिजेल पेलिकोटविरुद्ध ९१ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । जसमध्ये ७२ अभियुक्तको पहिचान भएको थियो, जसमध्ये ५१ पक्राउ परेका थिए । यी सबै अभियुक्तहरू डोमिनिकसँग इन्टरनेटमार्फत सम्पर्कमा आएका थिए ।
५१ अभियुक्तमध्ये ५० जनामाथि बलात्कारको आरोप छ । यसबाहेक,...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले हिरासतमा रहेका व्यक्तिको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आज विज्ञप्ति जारी गर्दै कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाई नकरात्मक प्रभाव पार्नेगरी फोटो सार्वजनिक गरिएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको फोटो भन्दै डा.भुसालले केही दिनअघि आफ्नो फेसबुकबाट सार्वजनिक गरेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपनि डा.भुसालले सामाजिक...
काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योती घले पुलबाट अवैध लागूऔषध गाँजा १० किलो १ सय ग्राम सहित सोही नगरपालिका-९ शिवमन्दिर चोक बस्ने मकवानपुर गढी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया सम्झना तामाङ समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सम्झनाको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध गाँजा १६ किलो ६ सय ५४ ग्राम सहित जुम्ला हिमा गाउँपालिका-१ देउर गाउँ घर भएका २७ वर्षीय दिपेन्द्र शाही...
काठमाडौं । नेपाल पत्रकार महासंघको अन्तिम मत परिणाम सार्बजनिक भएको छ ।
जस अनुसार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे...
दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मत दिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८४ सांसदले महाभियोगको विपक्षमा मतदान गरे भने ८ मत बदर भयो, ३ सांसद तटस्थ बसे । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतः निलम्बित भएका छन् ।
युनले अब संवैधानिक अदालतको सामना गर्नुपर्नेछ । उनीविरुद्धको महाभियोग प्रस्तावमा ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । राष्ट्रपति पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्री...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा एकैपटक ८ जना डीन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।
त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन।
त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा बेदराज आचार्य, वन विज्ञान...
नेकपा एकीकृत समाजवादीको नेतृत्व तहमा अहिले जिम्मेवारी बाँडफाँटको गृहकार्य चलिरहेको छ। गत भदौमा पदाधिकारी चयनका क्रममा भएको निर्वाचनमा केही प्रभावशाली नेताहरू नै पराजित भए। तीमध्ये केही नेता निर्वाचनको उक्त परिणामपछि निष्क्रियप्रायः रहे।
काठमाडौँमा जारी स्थायी समिति बैठकले उनीहरूलाई सम्मानजनक स्थान दिन स्थायी समितिमा समेटेको छ। यस्तै अघिल्लो कार्यकालमा स्थायी समिति सदस्य रहेका र यसपालि पोलिटब्युरो सदस्यमा निर्वाचित भएकाहरू पनि स्वतः स्थायी समिति सदस्य बन्ने मापदण्ड तय गरी स्थायी समितिको आकार ४१ सदस्यीय बनाएको छ।
स्थायी समिति सदस्यमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठसहित...
नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन्। डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्न लागिएको हो। बढुवाकै लागि सिंहलाई बिहीबार मात्रै गण्डकी प्रदेशबाट सरुवा गर्ने निर्णय भएको थियो।
यता प्रहरी प्रधान कार्यालयको कार्य विभागमा दरबन्दी भएका बोहरा...