काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
एयर अरेबियाको विमानमा शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ ।
यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।
राष्ट्रपतिको तलब कति हुन्छ ?
ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४: ४५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान...
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात मंगलबार हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ।
सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो।
मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय...
काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी नुवाकोट, बिदुर नगरपालिका-५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले...
बारा । बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका- ५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
उनीहरूमध्ये एक जना आज एक दर्शनार्थीको...
काठमाडौँ । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग÷सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट...
काठमाडौँ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अलमलमा परेको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सर्वोच्च अन्तरिम आदेश व्याख्या गर्न नसकेपछि महान्यायाधिवक्ता कार्यालयलाई गुहारेको छ।
महान्यायाधिवक्ता कार्यालयलाई रायका लागि पत्र लेख्दै गृह मन्त्रालयले भदौ ७ गते सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशले राष्ट्रिय परिचयपत्र वितरण गर्न रोक लगाउँछ कि लगाउँदैन भनी सोधेको छ ।
त्यस्तै परिचयपत्र सार्वजनिक सेवाको उपभोगको हकमा मात्र अन्तरिम आदेश जारी भएको हो भने परिचयपत्र वितरण किन रोक्नुपर्ने हो त्यसको...
पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् ।
तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् ।...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो ।
थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एशियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।
थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको छ ।
सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा...
काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।
यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन ।
बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।
भैलो
समुहमा मिलेर केटीहरूले गाउने गीत...
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् ।
उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधापारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ लाई पुरस्कार प्रदान गरेकी थिइन्...
रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन्।
म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन्।
५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताए। घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुन् ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर।
कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा,...
महोत्तरी । भनिन्छ सरकारलाई सहि दिशा निर्देश गर्न लागि प्रतिपक्षको भुमिका महत्वपूर्ण रहन्छ । तर प्रतिपक्ष विनाको सरकार रहयो भने के हुन्छ होला ?
यो थाहा पाउनका लागि महोत्तरीका स्थानीय तहमा देखे पुग्छ । दलहरुले स्थानिय सरकारलाई प्रतिपक्षको भुमिकावाट खवरदारी गर्ने र राजनितिक भुमिका निर्वाह गर्ने दायित्ववाट विमुख वन्दा सरकारका गतिविधि संतोषजनक नदेखिएको स्थानीयहरुले गुनासो गर्न थालेका छन ।
सरकारका गतिविधिहरु उपलब्धिहिन दिशातर्फ उन्मुख भैइरहेको वेला राजनिती दलहरुले खेल्नुपर्ने भुमिकाहरु किन शून्य वनिरहेका छन भन्ने अहिले जिल्लामा आम मानिसको लागि कौतहुल वनेको छ ।
दलहरुवाट निर्वाचित भएका जनप्रतिनिधिहरु...
काठमाडौं । निलम्बित मुख्यसचिव डा वैकुठ अर्यालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् । डा. अर्यालसहित ९ जनालाई बुधबार विशेष अदालतले सफाइ दिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गर्दै अन्य ९ जनालाई भने सफाई दिएको हो ।
साफाइ पाउनेमा तत्कालीन मुख्यसचिव डा. अर्यालसहित सहसचिवद्वय रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका निर्देशक गणेश विक्रम शाही, शाखा अधिकृत रविन्द्रप्रसाद...
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
यही कात्तिक १८ गते आइतबार बिहान ११: ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिले जानकारी दिएको हो । समितिले पश्चिम फर्केर गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका...
काठमाडौं । जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनु कुमारी शाही अझै पक्राउ परेकी छैनन् ।
ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनीट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हाे ।
हनी ट्रयाप’मा पारेर प्रहरी कार्यालय भित्रै ३० लाख असुल गराउने इन्स्पेक्टर शाहीमाथि छानबिन
अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीकी सुष्मा विक, भीमाकुमारी थापा, ताज स्लाम र भैँसेपाटी प्रमुख हुँदा इन्स्पेक्टर...
माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध युवराज पौडेल सफलले उजुरी हालेका हुन्।
उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ।
ujuriDownload
माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत...
काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साबिक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् ।
एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट...
काठमाडौँ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा भएको आक्रमण सहितको अपरेशन सुरु गरेको बताएको छ । सेनाले अस्पतालमा शुक्रबारको क्र्याकडाउन पछि १०० संदिग्ध हमास लडाकुलाई पक्राउ गरेको जनाएको छ।
यद्यपि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजरायलले अस्पतालका ४४ कर्मचारीलाई हिरासतमा लिएको आरोप लगाएको छ...
काठमाडौं । आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन ।
आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको...
काठमाडौं। २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए।
लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।
त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना गरिएको थियो।
लामापछि छोटो समयका लागि डिआइजी पोषराज पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए।
तर, पोखरेलले फुली लगाउन पाएनन्। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट...
काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् ।
नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
बास्तोलाको अवकाशसँगै प्रहरीमा ८ जना डीआईजीको पद रिक्त भएको छ ।
झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ ।
निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो ।
निगमले छ वर्षअघि खरिद गरेको जग्गा गतवर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो । खरिद गरेको क्षेत्रफल पु¥याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उहाँको परिवारले भोगचलन गरिरहेको दुई बिगाहामा घेराबेरा गरेपछि जग्गा...