सरकारले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको झन्डै दुई सातापछि सरकारले ‘हेभिवेट’ अभियुक्त रहेको ललिता निवास जग्गा किर्ते मुद्दाको फाइल खोलेको हो।
त्यसै क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा ल्याउनेमध्येका सात जना...
दोलखाको कालिन्चोक गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन हुन लागेको बजेटले तिब्र असन्तुष्टी देखिएको छ । खासगरी उपाध्यक्ष जनतासंग कार्यक्रममा माओवादी कार्यकर्ता भित्रै चरम निरासा देखिएको छ ।
गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी (रोशन) निर्वाचित छन् । उपाध्यक्ष जनतासंग कार्यक्रममा छनोट भएका अधिकांश योजना उपाध्यक्ष कै वडा नं ३ मा हालिएका छन् ।
वडा नं ३ मै कार्यालय रहेको कौशिक खप्तरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन निर्माणको लागि ७ लाख छुटाईएको छ । उक्त सहकारीका प्रबन्धक निरबहादुर बुढाथोकी ‘किशोर’ गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीका...
चुनावमा पराजय ब्यहाेरेपछि दोलखा एमालेमा सुरु भएको विवाद अझै मिल्ने छाँटकाँट देखिएको छैन। चुनाव लगत्तै अन्तर्घातका कारण चुनाव हारेको भन्दै विवाद सुरु भएको थियो । दोलखामा एमाले नेता बालकृष्ण शिवाकोटी माअोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले पराजित भएका थिए ।
चुनावी नतिजालाई लिएर नैतिकता प्रदर्शन गर्दै राजिनामा दिएका जिल्ला सचिव हिरा थोकरलाई उल्टै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरणको जवाफ दिंदै सचिव थोकरले अध्यक्ष श्रेष्ठसँग स्पष्टिकरण सोध्ने नैतिक धरातल समेत नरहेको भन्दै ‘बमबार्ड’ गरेका थिए ।
थोकरले आफु पार्टीको एउटा बफादार सिपाही भई २०४३...
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सचिव उपेन्द्र शाही ले उर्जा मन्त्रालयमा मुक्ति बस्नेतको हैसियत के हो भन्दै प्रश्न गरेका छन्। सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भने ‘उर्जा मन्त्रालयमा मुक्ति बस्नेतको कुन तहको नियुक्ति हो सबैले सानो मन्त्री भन्ने गर्छन सत्यतथ्य के हो । जिज्ञसा’
मुक्ति बस्नेतको रवाफ देख्दा जिल्ला कै अन्य नेता कार्यकर्ताले समेत जिब्रो टोक्ने गरेका छन् । उसो त शाहीले प्रश्न उठाएका बस्नेत उनकै मातहतका कार्यकर्ता हुन् । मुक्ति अनेरास्ववियू (क्रान्तिकारी) कै केन्द्रिय सदस्य हुन् । शक्ति सांसद/मन्त्री बन्दा उनि नै...
पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।
बैबाहिक बलात्कारको मुद्दामा पेशी लिन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । आरती पनि पेशी बुझन आएकी थिइन् । उनले जुत्ता प्रार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो । गिरीले रुँदै राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो पोखिन् ।
उनले श्रीमानविरुद्ध केही समय बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । यसअघि पनि सरिताले न्यायकाे माग गर्दै श्रीमानविरुद्ध विराेध गर्दै आएकी थिइन् ।
गिरी गत चैत २८ गते पक्राउ...
विश्वका दुई धनाढ्य अर्बपति एलन मस्क र मार्क जुकरबर्ग केज फाइटका लागि सहमत भएका छन् । मस्कले ट्वीटरमा आफू र जुकरबर्गबीच केज फाइट हुने जानकारी दिएका हुन् ।
मस्क ट्वीटर, स्पेस एक्स र टेस्ला कम्पनीका मालिक हुन् भने जुकरगर्ब फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटाका मालिक हुन् । वर्तमान फोर्ब्सको सूचीअनुसार मस्क विश्वका सबैभन्दा धनाढ्य व्यक्ति हुन् भने जुकरबर्ग १०औँ धनाढ्य हुन् ।
जुकरबर्गले मस्कलाई कहाँ लडाइँ खेल्ने भनेर प्रतिप्रश्न नै गरेका छन् । ३९ वर्षे जुकरबर्गले मिक्स्ड मार्सल आर्ट्सको अभ्यास गरेका छन् भने उनले हालै जु–जुट्सु कुस्ती प्रतियोगिता पनि जितेका थिए । ५२ वर्ष पुग्न लागेका मस्कले...
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्।
छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपालका सरकारी कार्यालयहरुले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका छन्।
दुलाल नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद समेत हुन्।
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतकै आदेश आए पनि विवादित फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पाेस्ट शेयर गर्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले कानुन र अदालतलाई नमान्ने बताएका हुन् । फिल्म लेखकले नै नेपाल, भारतकै अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुने बालेनकाे भनाइ छ ।
आफ्नाे अडानलाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेकाे तथा अदालत र सरकार भारतको गुलाम भएको बुझिने मेयर बालेनकाे तर्क छ । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने...
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्लाहीमा डीएसपीले किसानबाट एउटा खसी मागेको तर नदिएपछि ४२ वटा खसी चोरीपैठारी भन्दै लुटिएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सिंहले बुधबार सर्लाहीको बरहथवा इलाका प्रहरी कार्यालय डीएसपीले एउटा खसी मागेको तर किसानले नदिएपछि त्यहीँ झोंकमा ४२ वटा खसी नियन्त्रणमा लिएको बताएका छन्। खसी नदिएको झोंकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएर।
उक्त क्षेत्रमा मुस्लिम समुदायले खसी पाल्ने र त्यहीँबाट जीविकोपार्जन गर्दै आएकोमा आफैँ पालेको भएपनि प्रहरिले रिसइबी साँधेर फसाइको भन्दै उनले आपत्ति जनाए।
उनले नियन्त्रणमा लिइएको...
झापामा सशस्त्र प्रहरीका इन्स्पेक्टरले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेका छन्।
स्रोतका अनुसार इन्स्पेक्टर नभप्रभात राई कुटपिटमा संलग्न छन् । सीमावर्ती नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेका हुन् ।
कुटपिटबाट सशस्त्र प्रहरी बल बिओपी नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।
घाइते सबैको...
आफुलाई पूर्व बाल सेना भन्ने समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट दायर गरेको छ। पूर्व बालसेना भनिने लेनिन विष्टले प्रधानमन्त्रीविरुद्ध बालसेना दुरुपयोगको रिट दायर गरेका हुन्।
उक्त रिट आइतबार दर्ता भएको हो। न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले रिट दायर गर्न आदेश दिएको थियो। सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको रिटलाई बदर गर्दै इजलासले दर्ता गर्न आदेश दिएको हो।
उक्त रिटको पेसी जेठ ३० गतेका लागि तोकिएको छ। विष्टले जनयुद्धको समयमा आफूलाई लडाइँमा प्रयोग गरेको तर त्यसपछि कुनै पनि व्यवस्थापन र वास्ता नगरेको भन्दै रिट दिएका थिए।
पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु...
दोलखाको तामाकोशी गाउँपालिका भक्तपुरको ४ तारे होटलमा तालिम राखेपछि विवादमा तानिएको छ । गाउँपालिका कै कर्मचारी र जनप्रतिनिधिले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको फोटोबाट नगरकोटस्थित मिस्टिक माउन्टेनमा ३ दिने तालिम संन्चालन गरेको प्रष्ट बुझ्न सकिन्छ ।
जेठ २६ सम्म चल्ने तालिमको शिर्षक राखिएको छ, ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रवर्द्धन कार्यक्रम, परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) का पदाधिकारीहरुको लागि आधारशिला तालिम’। यद्धपि तालिममा को-को सहभागी छन् भन्ने खुलाईएको छैन ।
सामाजिक संजालमा सरकारले करोडौं खर्च गरेर गाउँपालिकामा संरचना किन बनाएको ? बैठक, गोष्ठी, सेमिनार गर्न...
नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिस विवादित देखिएको छ ।
बढुवा सिफारिसमा टप २० भित्रका १० जना इन्स्पेक्टरहरूलाई पनि बढुवा हुनबाट छुटाइएको छ । दिपक मल्ल, ऋषि राम घर्तिमगर, आयुष जेशी, धन बहादुर बोहोरा, लक्ष्मण ओली, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीर दत्त पन्त, टेकेन्द्र शर्मा पौडेललाई छुटाइएको हो ।
४६ मेरिट भित्रका रहेका २६ जनालाई पनि बढुवा हुनबाट रोकिएको छ भने २० जना मात्र मेरिट लिस्टमा आधारित छ । ४६ मेरिट भित्र रहेका टेक बहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जनार्दन घिमिरे, गुण राज बुढाथोकी, चन्द्र...
काठमाडौं, १८ जेठ । नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सन्दर्भमा हिजो भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ताको क्रममा छोरी गंगा दाहाल पनि सहभागी भएको विषयमा प्रश्न उठाएका छन् ।
उनले गंगा कुन हैसियतमा उक्त भेटवार्तामा बसेको हो ? भन्दै आक्रोश पोखेका छ्न । उनले भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण बसेको हो ? भन्दै कडा टिप्पणी गरेका हुन् । थापाले पारिवारिक कूलीनतन्त्र खारेज गर्नुपर्ने माग गर्दै गणतन्त्र जिन्दावादको नारा लगाएका छन् । उनले फेशबुकमा लेखेका छन्
भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण हो परराष्ट्र...
नेपालमा बहुदलीय व्यवस्था घोषणा भएपछि गृहमन्त्री बनेका कांग्रेस नेताहरुलाई गृहमन्त्रालय नफापेको देखिएको छ। पञ्चायी व्यवस्थाकाविरुद्ध संघर्ष गरेका कांग्रेस र कम्युनिस्टले ०४६ को ऐतिहासिक जनआन्दोलनपछि पालैपालो बहुदलीय प्रजातन्त्रको उपयोग गरे।
बहुदलपछिको ३४ वर्षमा ११ नेता २५ पटक प्रधानमन्त्री भए । बहुदलपछि कांग्रेसबाट मात्रै १३ पटक, एमालेबाट ५ पटक, माओवादीबाट ४ पटक नेताहरु प्रधानमन्त्री भए। राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द तथा २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मीले समेत मन्त्रिपरिषदको नेतृत्व गरे।
यही बीचमा पटक-पटक गरी सयौं नेता मन्त्री बने। कतिपय मन्त्री पदमै रहँदा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्। प्रतिनिधि सभामा बुधबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै रास्वपा सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।
लामिछानेले भने,‘भुटानी शरणार्थी प्रकरणमा सरकारले मुटु कमाए जस्तो लाग्यो। म प्रधानमन्त्रीको मुटु चेक गर्न चाहन्छु। कुन अस्पताल जाने भन्नुहोस्।’
प्रधानमन्त्रीले मुटु कमाउँदिन भनेको प्रसंग कोट्याउँदै लामिछानेले भने, तपाईंले मुटु कमाउँदिन भन्नुभएको थियो। काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने शंका लागेको छ।’ उनले तीन पार्टी बसेर घटनालाई सामसुम पार्न...
काठमाडौँको ठमेलस्थित एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ। एलओडी ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।
यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो। यस पटक पनि एलओडी डिजे म्याग टप १००...
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरलाई जोडेर मुद्धा कमजोर बनाउने र आफ्नो स्वार्थसिद्ध गर्नका लागि गिरोह लागि परेको छ ।
कुँवरको गिरोहका मुख्य सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको देखाउन खोज्ने, यो काण्डमा आईजीपीलाई मुछेर राजिनामा गर्न बाध्य गराउने र आफु आईजीपी हुने उत्कट चाहना पूर्ति गर्ने खेल भएको बताईन्छ।
हाल अनुसन्धानका लागि दुलाल र पाण्डे दुवै प्रहरी हिरासतमा छन् । अनुसन्धानको लागि उनीहरुको फोन पनि प्रहरीसंगै छ । त्यसो हुँदा प्रश्न उठ्छ, अनुसन्धानमा रहेको फोनको विवरण कसले...
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ ले जनताले बनाएको सालको पातले बनेको टपरी किन्ने भएको छ । आज एक सुचना जारी गर्दै वडा अध्यक्ष मिनकुमार शिवाकोटीले वडाबासीहरुको सिप र मार्बुको कच्चा पदार्थको सदुपयोग र प्रोत्साहन हुने गरी वडा कार्यालयले सालको पातको टपरी खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।
शिवाकोटीका अनुसार जनताबाट १५ रुपैयाँमा किनिने टपरीको बजार वडाले खोज्ने छ । टपरी पाँच कुने बिट मारेको हुनुपर्ने उनले बताए ।
मार्बु क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा स्थानीय स्तरमा सकारात्मक संद्देश जाने उनले बताए । चाडपर्व,...
दोलखाको धार्मिकस्थल चर्नावती धाममा महायज्ञ सुरु भएको छ । जेष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनको तयारीका लागि आज जेठ ७ गतेदेखि १५ गतेसम्म माहायज्ञ लगाइने भएको हो । दोलखाको शैलुङ गाँउपालिका– ७ चर्नावती धामस्थित चर्नावती सामुदायिक वनको ४० रोपनी खाली पर्ती जग्गामा जेष्ठ नागरिक सेवा केन्द्र निर्माण भैसकेको छ ।
सेवा केन्द्र भवन सञ्चालनका लागि महायज्ञ लगाउने कार्य अन्तिम चरणमा पुगेको महायज्ञ सञ्चालन समितिले जानकारी दिएको छ । संचारकर्मी प्रविन थपलियाले पवित्र भूमिमा बनेको जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा महायज्ञले थप टेवा पुग्ने बताए ।
उनले संस्कृतविद बिदुषी प्राध्यापक डा.कान्ता भट्टाराईको...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताएका छन् ।
बिहीबार कानुन समितिको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे बोल्दै मन्त्री गुरुङले उक्त मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजको प्रतिनिधि र द्वन्द्वको आँखाबाट मात्रै हेर्दा पूर्णरूपमा सन्तुष्ट हुने ठाउँ नहुने बताएका हुन् ।
“शान्त्रिप्रक्रियालाई टुंगोमा पुर्याउन पीडित, मानव अधिकारकर्मी, नागरिक समाजको प्रतिनिधि र द्वन्द्वका पक्ष...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रीमतीको हत्या गरी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीले हत्या आरोपमा रोल्पाको सुनछहरी गाउँपालिका-६ फगामका ३९ वर्षीय गर्भे विकलाई पक्राउ गरेको हो । विकले गत फागुन २० गते श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार थिए।
श्रीमतीको हत्या गरी शव कपिलवस्तु शिवराज नगरपालिका वडा ५ चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ परेका हुन्।
विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानएको छ । विकलाई थप आवश्यक कानुनी...
नक्कली भुटानी काण्डका आरोपी पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उपलब्ध गराएको सेवा सुविधालाई लिएर नेपाल प्रहरी विवादमा परेको छ। मानव तस्करी र संगठित अपराधका आरोपीलाई सुविधासम्पन्न अझ प्रहरीका डिएसपी नै बस्ने कक्ष उपलब्ध गराएपछि आलोचना भएको हो।
रायमाझी र खाण हिरासतमा छन्, तर अरू बन्दीलाई राखिने कोठामा होइन। डीएसपी बस्दै आएका एटेच बाथरुमसहितको कोठामा उनीहरूलाई राखिएको छ।
खाणलाई राख्नको लागि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरेको छ। कोठामा सोफाको समेत व्यवस्था छ। फराकिलो कोठामा खाण एक्लैका...