रिक्त एआइजी बढुवाका लागि दौडधुप : को-को छन् भावी आईजीपीको तयारीमा ?
नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले गत: बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।
आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।
आचार्यको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी...