शनिबार, मंसिर १६, २०८०

Post Flag: KP Oli

नेम्वाङ्ग कै घरमा ३ सांसद : वडा अध्यक्षबाट फुपू सासु सिधै समानुपातिक सांसद !

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो । आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ । समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट...

Continue reading

मधेशमा माओवादीका दुई गुटका खम्बा ढले !

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुंदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ । ०७४ मा महतो जसपाबाट पोखरेलसंग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पोखरेल एमालेको सहयोग पाएर लक्ष्मीलाई पराजित गरे । यो पटक एमालेमा...

Continue reading

एमालेविहिन बन्यो सिन्धुपाल्चोक !

सिन्धुपाल्चोकका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई ८ हजार ८९२ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा...

Continue reading

बालकोटबाट १० करोड बोकेर खतिवडालाई हराउन को निस्कियो ?

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले आफूलाई जुनसुकै हालतमा हराउन भन्दै केही व्यक्ति मोटो रकम खर्चेर लागिपरेको सूचना पाएको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिका ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले एमालेसँग विद्रोह गरेर प्रतिगमनविरुद्धको लडाईंमा लागेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूलाई आगामी चुनावमा जसरी पनि हराउने भन्दै केही व्यक्ति हात धोएर लागिपरेको जानकारी मिलेको उल्लेख गरेका हुन् । ‘विरोध र माधवलाई जसरी पनि चुनावमा हराउनुपर्छ भनेर केही मान्छे लागेका छन्,’ खतिवडाले भने, ‘एमाले...

Continue reading

अध्यक्ष बोल्दा जनता कक्रक्कै: गालीको वर्षा, बंगारा खुस्काउने धम्की [अडियो]

दोलखाको शैलुङ्ग गाउँपालिकाका एक वडा अध्यक्षको जनतालाई थर्काएर अपशब्द बोलेको अडियो सार्वजनिक भएको छ । पहरीखर्कका स्थानीय सुरज भण्डारीले आफ्नो ठाउँका लागि बजेट माग्दा भण्डारीका आमालाई समेत जोडेर गाली गर्दै अपशब्द बोलेका छन् । वडाअध्यक्ष भण्डारीले बढी नबोल बंगारा खुस्काउने धम्की दिएका छन् । वडाअध्यक्षले उल्टै बजेट हालिन के गर्न सक्छस भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन् । तामाङ्गले कांग्रेसका उम्मेदवार भन्दा ३ भोट बढी ल्याएर चुनाव जितेका थिए । बजेट नहालेको भन्दै भण्डारीले वडा कार्यालयमा ताला लाउने बताए पछि वडा अध्यक्ष रिसले चुर भएका थिए । #Shailung #Dolakha #DhanTamang #UML

Continue reading

प्रचण्ड र माधवको अनुपस्थितिमा एमसीसी पास गर्ने यस्तो छ देउवाको गणित

हिजो सत्ता गठबन्धनका सांसदहरुले सिंहदरबारस्थित संसद्‌ सचिवालय पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु आकस्मिक खबर थियो। गठबन्धनका दलहरुभित्र यस्तो तयारी एक साता पहिल्यै भइसकेको थियो। अदालतभित्रै घेराबन्दीमा परेपछि गत कात्तिकयता ‘अधिकारविहीन’ जस्तै बन्न पुगेका प्रधानन्यायाधीश राणाले माघ तेस्रो साता आफू फेरि सक्रिय बन्ने सन्देश प्रवाह गर्न खोजेपछि यसको तयारी सुरु गरिएको थियो। राणाले न्यायसेवा आयोग र न्यायपरिषद् बैठक डाकेर आफू पुनः ‘सक्रिय’ हुने संकेत गरेका थिए। यसबीचमा उनले दुईपटक न्याय सेवा आयोग र न्याय परिषद्को बैठक डाके। आयोग र परिषद् दुबैमा प्रधानन्यायाधीशको...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत