नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको सात जनाको टोली कोरिया प्रस्थान गरेको छ। साइबर अपराध प्रतिकार सम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन सोमबार उनीसहित सात सदस्यीय टोली कोरिया प्रस्थान गरेका हुन्।
महानिरीक्षक कुँवर सङक्युनक्वान विश्वविद्यालय पिएमसीको आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म हुने कार्यशालामा सहभागी हुन गएका हुन्।
उक्त टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई, मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक ई.फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक...
गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याएको छ। एसएसपी दान कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीलाई काठमाडौं परिसरको नेतृत्वमा ल्याइएको हो।
उता अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। त्यहाँका एसएसपी मनोज केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो।
निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। नक्कली शरणार्थी प्रकरणको दोस्रो चरणको...
प्रहरी महानिरिक्षक बसन्त कुँवरले ल्याएको नयाँ सरुवा सम्बन्धी मापदण्डको एक हप्ता नपुग्दै ‘हावा खुस्किएको’ छ। सरुवा तथा पदस्थापना भएर गएको युनिटमा ५ महिना पनि काम गर्न नपाउँदै ५ एआईजीको सरुवा भएपछि उनको मापदण्ड मजाकको विषय बनेको छ।
सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड–२०७९ लाई पहिलो संशोधन गर्दै ‘जुनियर प्रहरी अधिकृतदेखि प्रहरी कार्यालय सहयोगी सरुवा सम्बन्धी कार्यविधि–२०८०’ लागु गरिएको थियो ।
यो कार्यविधिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) र प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पनि मापदण्ड लागु हुने भनिएको थियो ।
डीआईजीको हकमा क र ख श्रेणीका कार्यालयहरूबीच आलोपालो...
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए । हालका आईजीपी पछिका भावी आईजीपीको रुपमा हेरिएका थापालाई महत्वपुर्ण कार्यालयमा सरुवा गरेर त्यसको छनक दिएको छ ।
प्रशासन विभागमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो ।
एकेडेमी प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका...
केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन काण्डमा समात्नका लागि पक्राउ पुर्जी लिने तयारी गरेको छ । हिजो नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएपछि सिआईबीले यस्तो तयारी थालेको बताईन्छ । माओवादी कै बैठकमा यस्तो प्रस्ताव आएपछि सिआईबी महरा समात्न थप उत्साहित बनेको छ ।
प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार...
जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।
२०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा...
नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।
नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध...
सप्तरीमा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या अभियोग लागेका जवान होमबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। सँगै कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संलग्न अभियोगमा खत्रीलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा पठाएको हो।
गत असोज १९ गते साँझ जवान खत्रीले असई यादवको हत्या गरेको अभियोग छ। असई यादवको शव दुई दिनपछि भारतको बिहार राज्य मधुवनी जिल्ला जिरोगा ग्रामपञ्चायत वडा नं ९ स्थित घोडदह नदीमा फेला परेको थियो। जवान खत्रीले असोज १८ गते साँझ साढे ७ बजेतिरै उनको हत्या गरेर शव खोलामा फालेको खुलेको छ। असोज २० गते दिउँसो साढे २ बजेतिर असई यादवको शव खोला किनारमा...
बलात्कार प्रयासको आरोप लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगाना पुर्पक्षका लागि जेल चलान भएका छन्। धादिङ जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।
जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख समेत रहेका ढुंगानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो।
महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो। गत असोज ५ गते पक्राउ परेका...
नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा व्यापक विभेद भएको देखिएको छ । प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल र कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो ।
प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो । सईबाट वरिष्ठ सईमा १ हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा ३ हजार ७४८ र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए ।
हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ मात्रै...
धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको जिम्मा लिएको कम्पनीबाट लाभ लिएर अख्तियारको दुरुपयोग गरेको आरोपमा थानकोटका डिएसपी विवादमा तानिएका छन् ।
यसरी विवादमा तानिनेमा गृहमन्त्री बालकृष्ण खाँड रिझाएर आकर्षक मानिएको थानकोट चौकी पुगेका डिएसपी डिल्लीनारायण पाण्डे रहेका छन् । खाँडको शक्ति दुरुपयोग गर्दै थानकोट पुगेका पाण्डेको कामले स्वयम् गृहमन्त्रीको छविमा धक्का लागेको छ ।
पाण्डे कै एक जुनियर अधिकृतका अनुसार सुरुङमार्ग निर्माण सम्झौता भएको जापानी कम्पनी हाज्मा/आन्दो जेभीले थानकोट प्रहरीलाई एउटा गाडी उपलब्ध गराएको छ । उक्त कम्पनीले दैनिक खपत भएको पेट्रोल/डिजेल...
नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले गत: बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।
आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।
आचार्यको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी...