बिहिबार, माघ १, २०८२

Post Flag: police

नेपाल प्रहरीका ४ एआईजी पदस्थापन, काे कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना...

Continue reading

संगठनभित्र मानवीयता : प्रहरी निरीक्षक अधिकारीको सृजनात्मक नेतृत्वको उदाहरण

काठमाडौं ।प्रहरी संगठनमा सामान्यतया ‘ड्युटी’ शब्द जिम्मेवारी, अनुशासन र दबाबको प्रतीक मानिन्छ। तर यही दबाब घटाई तल्ला तहका प्रहरीलाई उत्साहित बनाउन ट्राफिक प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अनुप अधिकारीले फरक र सृजनात्मक पहल गरेका छन्। बिहीबार उनले राजधानीको रन्जना हलमा एउटै उमेर समूहका २० जना प्रहरीलाई फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्। प्रहरी निरीक्षक अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ। “हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने। यसअघि पनि उनले तनाव व्यवस्थापन तालिम, हाइकिङ, पिकनिक, मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गरिसकेका छन्। अधिकारी भन्छन्,...

Continue reading

गोकर्णेश्वर नगरपालिकाको संरक्षणमा नै अभियन्ता कुट्न गुण्डा पठाएको आरोप, सुशासनको खोलभित्रको गुन्डागर्दी

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा व्याप्त अनियमितता, भ्रष्टाचार र दुर्गन्धित प्रशासनिक चलखेलविरुद्ध आवाज उठाउँदै आएका स्थानीय युवाहरु अहिले ज्यानै मार्ने धम्कीको डरमा बाँच्न बाध्य भएका छन्। स्थानीय अभियन्ता आदर्श क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मार्नकै लागि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सभापति सन्जय लामाले गुण्डाहरु खटाएको गम्भीर आरोप सार्वजनिक गरेका छन्। उनलेे लेखेका छन् :- “मलाई सन्जय लामाले मार्न आयो म मर्नबाट बचे मलाई सयौं जनाले कुटे झन्डै मारे” आदर्श क्षेत्री, राजु सुनुवार, किरण केसीलगायत युवाहरुले नगरपालिका भित्रको बेथिति...

Continue reading

प्रहरीका सई ३० हजार घुससहित पक्राउ, प्रहरी संगठनको विश्वसनीयतामाथि प्रश्न

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले उनलाई अवैध रूपमा सामान आयात गर्न सहजीकरण गर्ने नाममा घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। भारतबाट भन्सार छली गरिएका सामानको सहजीकरण रुपन्देही जिल्लाको दुर्गौलिया नाका अन्तर्गत प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत खड्काले भारतबाट भन्सार छली गरेर ल्याइने सामानहरूको आवागमनलाई सहज बनाउन घुस मागेको आरोप लागेको छ। अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ को क्षेत्रबाट पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्र...

Continue reading

बलात्कारको आरोपमा मुद्दा शाखामा कार्यरत प्रहरी जवान यादव पक्राउ

काठमाडौं । सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।उनले ती महिलालाई...

Continue reading

फेसबुके, टिकटिके र युट्युबे सशस्त्र प्रहरीका १२० जनालाई विभागीय कारबाही

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो राख्ने १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ । उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स) इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायत सामाजिक सञ्जालमा ती तस्बिर राखेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । कारबाही पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार...

Continue reading

इन्टरपोलको निगरानीमा परेका डीएसपी शाहीलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका विवादास्पद डीएसपी हेमबहादुर शाहीलाई प्रहरी प्रधान कार्यालयले महत्वपूर्ण जिल्लाको इन्चार्ज दिएको छ । हिजाे भएको काज सरुवामा उनलाई रसुवाको प्रहरी प्रमुखका रुपमा खटाइएको छ । डिएसपी शाही यसअघि काण्डै काण्डमा मुछिएका व्यक्ति हुन्। इप्रका कोहलपुरमा हुँदा खसी घुस मागेको काण्डमा उनी कारबाहीमा परेका थिए। तरुण दलका नेतासँग खसी मागेको अडियो नै सार्वजनिक भएको थियो। खसी नदिएपछि पक्राउ गरेर उनले मुद्दा चलाउने प्रयास गरेका थिए। त्यो भन्दा गम्भीर आतंकवादी समूहसँग उनको कनेक्सन भेटिएको थियो। उक्त समाचार कान्तिपथले शुक्रबार भदौ २१, २०८१ मा आतंकवादी समूह ISIS सँग कसरी...

Continue reading

प्रहरी कुट्ने ४ जना पक्राउ

तनहुँ । व्यास नगरपालिका- ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास- ४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास- १ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको...

Continue reading

नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो । मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ । विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ ।

Continue reading

सहकारी ठगी प्रकरण : चितवनमा रविसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ । प्रहरीको प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी...

Continue reading

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक समीक्षा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘ हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन समेत गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन...

Continue reading

इन्स्पेक्टरमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव

सरकारले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भिड्न दुई वर्ष उमेर बढाउने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल प्रहरी सम्बन्धी विधेयकमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव गरिएको छ । वर्तमान कानुनमा प्रहरीको इन्स्पेक्टर भिड्न २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । अहिले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा इन्सपेकटरमा भिड्न २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो। प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी...

Continue reading

सशस्त्रका ९० एसपी सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।

Continue reading

१७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, काे कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीले १७ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको गत शुक्रबार सरुवा गरेको हो । सरुवा हुने एसपीहरुमा अपिलराज बोहरा, एकनारायण कोइराला, कमल थापा, कुमोध ढुंगेल, गौतम मिश्र, दुर्गाराज रेग्मी, नवरत्न पौडेल, प्रजित केसी, भाग्येन्द्र पुरुष ढकाल, भावेष रिमाल, महेन्द्रकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै राजन लिम्बू, रामेश्वर कार्की, सन्तोष तामाङ, सुरेशप्रसाद काफ्ले र सुवासचन्द्र बोहराको सरुवा भएको छ । sp-16-transferDownload

Continue reading

३७ डिएसपी एसपी बढुवामा सिफारिस (सूचिसहित)

प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो। हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन्। यस्तै, बढुवा सिफारिसमा समावेश भएकामा मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का रहेका छन्। यस्तै, दीपक श्रेष्ठ,...

Continue reading

कडायत र केसी प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा

काठमाडौं । सरकारले दुई जनालाई प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गरेको छ ।  गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए। ‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने’ निर्णय भएको हो। 

Continue reading

‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ। एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन्। ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ। लुम्बिनी प्रदेशमा कार्यरत् रहेका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन्। अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे...

Continue reading

पोखरामा बेलुन महोत्सव (फोटोफिचर)

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न  बेलुन नेपालले नेपालमा पहिलो पटक  पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ। महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...

Continue reading

पत्रकार महासंघ पार्टीहरूका संगठनहरू खेलमैदानमा, यस्तो बन्यो गठबन्धन

नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन्। पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि दुई संस्थाबीच पद बाँडफाँट भएको हो। गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारेको छ। महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन रहेका छन्। प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा, दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल रहेका छन्। यस्तै, सचिवमा रमेश खतिवडा, सोनी...

Continue reading

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने

आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ ।  त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ । जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्ससँग पराजित भएर आएको बिराटनगर रपहिलो पटक खेल्न आएको लुम्बिनी लायन्स पहिलो पटक प्रतिस्पर्धामा हुन लागेको हो । हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो ।  आज हुने दोस्रो खेलमा बिराटनगर किंग्सवाट सन्दीप लामिछाने...

Continue reading

नेपाल प्रहरीका ८ जना डिआइजीले पाए दर्ज्यानी चिन्ह

आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकहरूमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्। दर्ज्यानी...

Continue reading

२५ हजार घुससहित नेपाल प्रहरीका सई ललितकुमार बुढाथोकी पक्राउ

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए। सवारीसाधन आवत-जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनलाई पक्राउ गर्न गएको...

Continue reading

हनीट्रयाप काण्ड: एसपी थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ।थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ। ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो। थप अनुसन्धान...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत