नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन:निर्वाचित भएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको छ ।
कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए । कार्यक्रमका उद्घोषक दिनेश डीसीले तिमल्सिना ज्योषित पण्डित भएको र १० महाविद्याका साधक भएको परिचय खुलाएका थिए । कार्यक्रममा महासचिव शंकर पोखरेल पनि उपस्थित थिए तर उनले बोल्न इच्छा ब्यक्त गरेनन ।
मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा...
सिन्धुपाल्चोकका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई ८ हजार ८९२ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा...
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।
विनोद घिमिरे । दलहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित हुन थालेका छन् । चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखा सहितको अनुमान गर्न थालिएको छ । आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् ।
२ निर्वाचन क्षेत्र रहेको गोरखामा स्थानीय निर्वाचनमा सफल देखिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत सरोकार जोडिएको छ ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि आधा दर्जन बढी प्रभावशाली नेताहरुको ध्यान...
बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट नगर/गाउपालिकाका निर्वाचित प्रमुख उप-प्रमुखलाई बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको हलमा स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा अर्थ मन्त्री शालिकराम जमकट्टेल र वन तथा वातावरण मन्त्री विशाल खड्काको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीद्वयले शुभकामना मन्तब्य र संक्षिप्त प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा मन्त्रीहरु कुमारी मोक्तान, रत्न ढकाल र घनश्याम दाहाल तथा प्रदेश सभा सदस्य, पुर्वमन्त्री युवराज दुलालको पनि उपस्थिती रहेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फ्लेवर आउने खालको बजेट ल्याउन प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा बढेकाले उनीहरूको भावनाको कदर गर्ने गरी बजेट ल्याउन उनले निर्देशन दिए ।
माओवादी केन्द्रको अर्थ तथा योजना विभागले बुधवार राति आयोजना गरेको माओवादीबाट बनेका मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेश योजना आयोगका अध्यक्षको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बजेटमा माओवादी फ्लेवर आउनु पर्ने बताएका हुन् ।
‘बजेटमा कँही न कँही माओवादी फ्लेवर आओस्, प्रदेशको विकासको लागि दीर्घकालिन र जनतालाई तत्काल राहत पुग्ने खालका...
चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले चितवन भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । उनले रेनु दाहाललाई दिदि भनेर सम्बोधन गर्दै प्रचण्डलाई भने, ‘छोरी गजबको पाउनु भएको छ’।
बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको आम सभामा क्षेत्रीले दाहालले आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ-आउँ लाग्यो ।’
आफू कुनै पार्टीको सदस्य नरहेको भन्दै उनले यो कार्यक्रममा आउनुअघि आमालाई सोधेको बताए । ‘म आजसम्म कुनै पनि पार्टीको साधारण...
हिजो सत्ता गठबन्धनका सांसदहरुले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु आकस्मिक खबर थियो। गठबन्धनका दलहरुभित्र यस्तो तयारी एक साता पहिल्यै भइसकेको थियो।
अदालतभित्रै घेराबन्दीमा परेपछि गत कात्तिकयता ‘अधिकारविहीन’ जस्तै बन्न पुगेका प्रधानन्यायाधीश राणाले माघ तेस्रो साता आफू फेरि सक्रिय बन्ने सन्देश प्रवाह गर्न खोजेपछि यसको तयारी सुरु गरिएको थियो। राणाले न्यायसेवा आयोग र न्यायपरिषद् बैठक डाकेर आफू पुनः ‘सक्रिय’ हुने संकेत गरेका थिए।
यसबीचमा उनले दुईपटक न्याय सेवा आयोग र न्याय परिषद्को बैठक डाके। आयोग र परिषद् दुबैमा प्रधानन्यायाधीशको...