मङ्लबार, असार ३, २०८२

Post Flag: share market

पोखरामा बेलुन महोत्सव (फोटोफिचर)

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न  बेलुन नेपालले नेपालमा पहिलो पटक  पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ। महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...

Continue reading

पत्रकार महासंघ पार्टीहरूका संगठनहरू खेलमैदानमा, यस्तो बन्यो गठबन्धन

नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन्। पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि दुई संस्थाबीच पद बाँडफाँट भएको हो। गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारेको छ। महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन रहेका छन्। प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा, दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल रहेका छन्। यस्तै, सचिवमा रमेश खतिवडा, सोनी...

Continue reading

‘६९औं प्रहरी दिवस २०८१’ कार्यक्रम सम्पन्न : क-कसले पाए सम्मान र पुरस्कार ? (नामावलीसहित)

काठमाडौं । ६९औँ प्रहरी दिवस अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग गर्नेहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेका हुन् । ६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ । अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील अवकाश प्राप्त प्रहरी उपरीक्षक...

Continue reading

नेपाल प्रहरीमा एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद खाली

काठमाडौं । प्रहरीमा उच्च तहका पदहरु खाली रहेकाे छ । ३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा गएपछि धेरै संख्यामा पदहरु रिक्त रहेका हुन्। उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला,...

Continue reading

काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा आज र भोलि सवारी साधन चलाउन रोक लगाइएको छ । भाेली साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले मञ्च निर्माण, सरसफाइ लगायतका काम भइरहेका छन् । संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र...

Continue reading

काँग्रेस सांसद केसी जेल चलान

बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन । केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व)...

Continue reading

पूर्व डिआइजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी (भिडियाेसहित)

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आज सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । खरेलले लखेटेपछि कुलमानले खोले फायर अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ । हेर्नुस् भिडियाे https://www.facebook.com/100047469281539/videos/1134826057241909/ https://www.facebook.com/ktvganesh/videos/1134826057241909 कानुनले...

Continue reading

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहुप्रतिक्षित भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो । सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । टीआरसी विधेयक संसद‍्मा पेस, द्वन्द्वकालीन घटनाको सत्य तथ्य सार्वजनिक हुने विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र...

Continue reading

कीर्ते दस्तखत गरी ४ लाखभन्दा बढी रकम झिकेको आरोपमा पक्राउ

काठमाडौं । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर ४ लाख १८ हजार रुयैयाँ झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने...

Continue reading

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु..!

काठमाडौं। सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ। साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शुन्य दशमलव ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने...

Continue reading

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको...

Continue reading

दोर्दी खोला जलविद्युतको आजदेखि सेयर भर्न पाउने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (दोर्दी)ले आज, वैशाख १३ गतेदेखि लमजुङ जिल्लामा आयोजना-प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ जारी गरेको छ। इच्छुक आवेदकहरूले जेठ ११ गतेसम्ममा आइपिओ भर्न सक्नेछन्। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको हो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन मिल्छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। कम्पनीलाई इक्रा नेपाल लिमिटेडले बिबी माइनस ग्रेडिङ दिएको छ। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड नेपालमा जलविद्युत आयोजनाको विकास र लगानी...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत