मङ्लबार, माघ ६, २०८२

Post Flag: viralnews

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी...

Continue reading

नेपाल प्रहरीका ४ एआईजी पदस्थापन, काे कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना...

Continue reading

संगठनभित्र मानवीयता : प्रहरी निरीक्षक अधिकारीको सृजनात्मक नेतृत्वको उदाहरण

काठमाडौं ।प्रहरी संगठनमा सामान्यतया ‘ड्युटी’ शब्द जिम्मेवारी, अनुशासन र दबाबको प्रतीक मानिन्छ। तर यही दबाब घटाई तल्ला तहका प्रहरीलाई उत्साहित बनाउन ट्राफिक प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अनुप अधिकारीले फरक र सृजनात्मक पहल गरेका छन्। बिहीबार उनले राजधानीको रन्जना हलमा एउटै उमेर समूहका २० जना प्रहरीलाई फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्। प्रहरी निरीक्षक अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ। “हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने। यसअघि पनि उनले तनाव व्यवस्थापन तालिम, हाइकिङ, पिकनिक, मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गरिसकेका छन्। अधिकारी भन्छन्,...

Continue reading

गोकर्णेश्वर नगरपालिकाको संरक्षणमा नै अभियन्ता कुट्न गुण्डा पठाएको आरोप, सुशासनको खोलभित्रको गुन्डागर्दी

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा व्याप्त अनियमितता, भ्रष्टाचार र दुर्गन्धित प्रशासनिक चलखेलविरुद्ध आवाज उठाउँदै आएका स्थानीय युवाहरु अहिले ज्यानै मार्ने धम्कीको डरमा बाँच्न बाध्य भएका छन्। स्थानीय अभियन्ता आदर्श क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मार्नकै लागि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सभापति सन्जय लामाले गुण्डाहरु खटाएको गम्भीर आरोप सार्वजनिक गरेका छन्। उनलेे लेखेका छन् :- “मलाई सन्जय लामाले मार्न आयो म मर्नबाट बचे मलाई सयौं जनाले कुटे झन्डै मारे” आदर्श क्षेत्री, राजु सुनुवार, किरण केसीलगायत युवाहरुले नगरपालिका भित्रको बेथिति...

Continue reading

‘कोड वर्ड’ प्रयोग गरेर पुनः मानव तस्करी, सेटिङ शुल्क परिमार्जन

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्कारी गर्ने गरेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत...

Continue reading

संघीयता र स्थानीय तहको संख्या, आवश्यक सुधारको बहस : धिरज सुवेदी

नेपालले संघीय शासन प्रणाली अंगीकार गरेको आठ वर्ष नाघिसकेको छ। २०७२ सालमा जारी संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन संरचना स्थापना गर्‍यो। यो परिवर्तनको मूल उद्देश्य सत्ता विकेन्द्रीकरण, समावेशिता, तथा जनताको पहुँच सरकारसम्म पुर्‍याउनु थियो। तर यति लामो अवधिसम्मको अनुभवले देखाएको छ कि यो संरचना, विशेषगरी यसको कार्यान्वयन, आर्थिक दृष्टिले अत्यन्तै महँगो सिद्ध भएको छ। जनताले अपेक्षा गरेअनुसार सेवा सुविधा पाउन सकेका छैनन् भने अर्कोतर्फ राज्यको ढुकुटीमा यसको भार दिनानुदिन बढ्दो छ। यस्तो अवस्थामा अबको बहस संघीयता खारेज गर्ने नभई, यसको संरचनात्मक सुधार कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित...

Continue reading

बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा ४ का वडाअध्यक्ष भीम बहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेषमा आरोपपत्र दायर भएको हो । आर्थिक वर्ष २०७६७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका...

Continue reading

जग्गा प्रकरण : दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। जग्गा प्रकरण : सडकदेखि सदनसम्म उठ्यो प्रश्न ? गाैर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता  गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू-माफियाले  बिक्री गर्न लागेको भन्दै तत्काल उक्त जग्गा रोग्गा गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।  भू-माफियाले...

Continue reading

गभर्नर अधिकारीलाई पुनः नियुक्तिको इच्छा, ‘भागबन्डा’मा परेको छ कांग्रेसलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका विवादित गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदै छ। सरकारी सूचना चुहाउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित गभर्नर अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज गभर्नर ‘एम. अधिकारी’ विरुद्ध चर्कियो आन्दोलन नारायणकाजीले राजिनामा मागे : देउवा भेट्न बालुवाटार पुगे गभर्नर ! एमालेका भूमिगत एम. अधिकारी खै ? अर्थ विभागमा दाबी गर्न मिल्ने २ जना भेटिए ! अर्थमन्त्रीसँग जोरी खोजि राख्ने गभर्नर एम. अधिकारी एमालेका विभाग सदस्य ! गभर्नर अधिकारीको रिट सर्वोच्चका न्यायाधीश मल्ल...

Continue reading

स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन

ठमाडौँ । गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववीयु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रवन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् । त्यसैगरी मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववीय निर्वाचनकै लागि सम्र्पक व्यक्ति...

Continue reading

बलात्कारको आरोपमा मुद्दा शाखामा कार्यरत प्रहरी जवान यादव पक्राउ

काठमाडौं । सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।उनले ती महिलालाई...

Continue reading

इन्स्पेक्टर गिरिको पहलमा इप्रका मंगलटारमा ‘नागरिक प्रहरी पुस्तकालय’ स्थापना

काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारमा नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत मंगलटार कार्यालयमा नव-स्थापित “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको उद्घाटन तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको पहलमा आज शिवरात्रीको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय...

Continue reading

फेसबुके, टिकटिके र युट्युबे सशस्त्र प्रहरीका १२० जनालाई विभागीय कारबाही

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो राख्ने १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ । उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स) इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायत सामाजिक सञ्जालमा ती तस्बिर राखेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । कारबाही पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार...

Continue reading

प्रहरी कुट्ने ४ जना पक्राउ

तनहुँ । व्यास नगरपालिका- ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास- ४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास- १ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको...

Continue reading

नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो । मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ । विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ ।

Continue reading

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

क्यानडाले देशभरी बेतलवी कामदार राखेको खुलेको छ ।  एम्नेस्टी इन्टरनेशनलले क्यानाडामा आप्रवासी कामदारहरूले देशको अस्थायी विदेशी कामदार कार्यक्रम अन्तर्गत काम गर्दा चकित पार्ने दुर्व्यवहार र भेदभावको पर्दाफास गरेको हो ।  हालै प्रकाशित प्रतिवेदनमा एम्नेस्टीले क्यानाडाको अस्थायी बिदेशी कामदार कार्यक्रम संरचनाको ब्यापका आलोचना गरेको छ । सो कार्यक्रममार्फत आएका  रोजगारदातालाई कृषि, खाद्य प्रशोधन, निर्माण र आतिथ्य लगायतका क्षेत्रहरूमा मुख्य रूपमा कम पारिश्रमिकको कामका लागि आप्रवासी कामदारहरू राख्न अनुमति दिइरहेको छ। मानव अधिकार संगठनले भनेका छन श्रमिककहरू सो कार्यक्रममा हानिकारक...

Continue reading

सहकारी ठगी प्रकरण : चितवनमा रविसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ । प्रहरीको प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी...

Continue reading

सुमो दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

खोटाङ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते...

Continue reading

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक समीक्षा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘ हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन समेत गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन...

Continue reading

इन्स्पेक्टरमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव

सरकारले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भिड्न दुई वर्ष उमेर बढाउने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल प्रहरी सम्बन्धी विधेयकमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव गरिएको छ । वर्तमान कानुनमा प्रहरीको इन्स्पेक्टर भिड्न २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । अहिले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा इन्सपेकटरमा भिड्न २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो। प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी...

Continue reading

सशस्त्रका ९० एसपी सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।

Continue reading

१७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, काे कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीले १७ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको गत शुक्रबार सरुवा गरेको हो । सरुवा हुने एसपीहरुमा अपिलराज बोहरा, एकनारायण कोइराला, कमल थापा, कुमोध ढुंगेल, गौतम मिश्र, दुर्गाराज रेग्मी, नवरत्न पौडेल, प्रजित केसी, भाग्येन्द्र पुरुष ढकाल, भावेष रिमाल, महेन्द्रकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै राजन लिम्बू, रामेश्वर कार्की, सन्तोष तामाङ, सुरेशप्रसाद काफ्ले र सुवासचन्द्र बोहराको सरुवा भएको छ । sp-16-transferDownload

Continue reading

‘लाइभ स्ट्रिम’बाट आमा भन्दै १ कराेड बढी ठगी, १० बर्ष जेल

बेइजिङ । आजभोली मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलवाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ । चीनको सांघाईकी एक ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएन। सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन्। उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत