नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।
नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध...
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् ।
महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुंदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।
०७४ मा महतो जसपाबाट पोखरेलसंग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पोखरेल एमालेको सहयोग पाएर लक्ष्मीलाई पराजित गरे । यो पटक एमालेमा...
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।
सप्तरीमा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या अभियोग लागेका जवान होमबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। सँगै कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संलग्न अभियोगमा खत्रीलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा पठाएको हो।
गत असोज १९ गते साँझ जवान खत्रीले असई यादवको हत्या गरेको अभियोग छ। असई यादवको शव दुई दिनपछि भारतको बिहार राज्य मधुवनी जिल्ला जिरोगा ग्रामपञ्चायत वडा नं ९ स्थित घोडदह नदीमा फेला परेको थियो। जवान खत्रीले असोज १८ गते साँझ साढे ७ बजेतिरै उनको हत्या गरेर शव खोलामा फालेको खुलेको छ। असोज २० गते दिउँसो साढे २ बजेतिर असई यादवको शव खोला किनारमा...
धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको जिम्मा लिएको कम्पनीबाट लाभ लिएर अख्तियारको दुरुपयोग गरेको आरोपमा थानकोटका डिएसपी विवादमा तानिएका छन् ।
यसरी विवादमा तानिनेमा गृहमन्त्री बालकृष्ण खाँड रिझाएर आकर्षक मानिएको थानकोट चौकी पुगेका डिएसपी डिल्लीनारायण पाण्डे रहेका छन् । खाँडको शक्ति दुरुपयोग गर्दै थानकोट पुगेका पाण्डेको कामले स्वयम् गृहमन्त्रीको छविमा धक्का लागेको छ ।
पाण्डे कै एक जुनियर अधिकृतका अनुसार सुरुङमार्ग निर्माण सम्झौता भएको जापानी कम्पनी हाज्मा/आन्दो जेभीले थानकोट प्रहरीलाई एउटा गाडी उपलब्ध गराएको छ । उक्त कम्पनीले दैनिक खपत भएको पेट्रोल/डिजेल...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन्।
आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दीगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए। पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने...
बहालवाला र भूपू अधिकारीहरुमा पदीय र सांगठनिक आचरणविपरितका गतिविधि बढ्न थालेपछि सेनाको टाउको दुख्न थालेको छ । केहि समय अगाडी जुम्लाका जर्नेलले ब्यारेकभित्र फिल्मी शैलीमा कुदेर आएर श्रीमतीलाई गुराँसको फूल दिँदै प्रेमभावको टिकटक बनाएका थिए । अर्का अवकाशप्राप्त जर्नेलले पनि नाबालक छोरालाई जर्नेलको पोशाक लगाएर टिकटिक बनाउन दिएपछि सेनाको थप आलोचना भएको थियो ।
यी सबै आलोचना पार लाउन सेनाले ‘सैनिक आचारसंहिता कार्यक्रम, २०७९’ आयोजना गरेको थियो तर केहि अधिकारीले भन्ने उक्त कार्यक्रमलाई पनि टेर पुछार लाएको देखिएन । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा सेनापति प्रभूराम शर्मापछिका...