प्रभु शाहलाई प्रचण्डको कटाक्ष: कुकुरको पुच्छर बांगाको बाङ्ग्यै !

  • 2 months अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेका नेता प्रभु साहमाथि फेरि कटाक्ष गरेका छन्।

रौतहट जिल्लाबाट आएकालाई बिहीबार पेरिस डाँडामा पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो भनेका हुन्। ‘पहिले त ओली गुटकै मान्छे थिए, तिनको प्राकृतिक स्वरुप त ओलीकै थियो’, साहप्रति लक्षित गर्दै उनले भने, ‘बीचमा सच्चिँन्छु भनेर माओवादीमै आए। तर कुकुरको पुच्छर बांगाको बाङ्ग्यै भने जस्तै उनी फेरि केपी गुटमै गए।’

प्रदेश २ माओवादीका प्रभावशाली नेता साह २०७७ फागुन २३ पछि एमालेमा आएका थिए। उनी एमालेको चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भइसकेका छन्। उनलाई स्थायी समिति सदस्य बनाउने ओलीले आश्वासन दिएका छन् ।