गायिका रेखा शाहले शुरु गरिन्, ‘फाइन ट्युन’ म्युजिक रेकर्डिङ स्टुडियो

  • 3 weeks अगाडि

‘सिमसिमे पानीमा’ गाएर नेपाली सङ्गीतमा स्थापित भएकी गायिका रेखा शाहले सो गीत गाएको ३ दशकपछि म्युजिक रेकर्डिङ स्टुडियोको स्थापना गरेकी छिन् । सङ्गीत क्षेत्रका आफ्ना साथीहरू काव्या आचार्य, मिना नेपाल र सन्तोष पौडेलसँगको व्यवसायिक साझेदारीमा काठमाडौंको अनामनगरमा अत्याधुनिक म्युजिक रेकर्डिङ स्टुडियोको आज औपचारिक शुरूवात गरेकी हुन् । आफ्ना सङ्गीत गुरु चन्डीप्रसाद काफ्ले र उनी स्वयंले रिबन काटेर स्टुडियोको उद्घाटन गरेका हुन् ।

पूर्वीय, पाश्चात्य सबै शैलीका गीत, विज्ञापनलगायतका सङ्गीतसँग सम्बन्धित सबै व्यवसायिक कामको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ कार्य साउन्ड इन्जिनियर सन्तोष पौडेलले गर्नेछन् ।

स्टुडियोको उद्घाटन गर्दै शास्त्रीय सङ्गीतका गुरु चण्डीप्रसाद काफ्लेले भने, “सङ्गीत पढेका र बुझेका व्यक्तिले सङ्गीतकै वयवसाय गर्दा गुणस्तरमा पक्कै पनि फरकपन आउनेछ भन्ने मलाई लाग्छ !”