साढे तीन लाखमा एमाले महाधिवेशनको गैँडा

  • 2 months अगाडि

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति तयार भएको छ। एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो। लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ। लोगोको सार्वजनिक पार्टी महासचिव इश्वर पोखरेलले गरेका थिए ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो। मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको गैँडाको मस्कट तयार गरेको हो। फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो।