ईन्जिनियरले ढलको बिर्को मिलाउन नजानेको भन्दै मन्त्री झाँकी फायर

  • 3 weeks अगाडि

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई ढलको बिर्कोले दु:ख दिएको गुनासो सुनाएकी छन् । सत्तारुढ दलनिकट इन्जिनियरहरूको कार्यक्रममा बोल्दै इन्जिनियरहरुले ढलको बिर्को मिलाउन नसकेको भन्दै आलोचना गरेकी थिइन् ।

मन्त्री झाँक्री सत्तारुढ दलहरू माओवादी, नेकपा एस र जनता समाजवादीनिकट इन्जिनियहरूको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थिइन् ।

उनले भनिन्, ‘हाम्रो देशका इन्जिनियरले जसरी फिनिसिङ गर्नुहुन्छ नि, त्यसरी नै सर्जनले अपरेसन गरे भने के होला ?’

झाँक्रीले भनिन्, ‘म मन्त्री हुनुअघि दुईपांग्रे स्कुटर चढ्थेँ । कालगतिले मन्त्री बनायो, अहिले गाडी चढिरहेको छु । तर, म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो । म पटकपटक लडेँ । यो देशका इन्जिनियरले ढलको विर्को मिलाउने दिन कहिले आउला ? यो मेरो व्यवसायीक चुनौती हो ।’