नेदरल्यान्ड्स र फ्रान्सको विश्वकपमा स्थान पक्का

फिफा विश्वकप छनोटमा फ्रान्सले सहज जित निकालेको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए । फ्रान्सले यस अघि नै सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरिसकेको छ ।

यस हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ । समूह ‘डी’ फ्रान्सले ८ खेलमा १८ अंक जोड्यो । फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्सले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो । नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..