रुकुम पुग्ने यात्रुलाई नेपालगञ्ज ओराल्ने सन्की पाईलटलाई मन्त्रालयले सोध्यो स्पष्टिकरण

गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । सोमबार काठमाडौंबाट रुकुमका लागि उडेकाे जहाजलाई आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा यात्रुहरुलाई ओरालेर बिचल्लीमा पार्ने पाइलट पेम्बा शेर्पालाई मंगलबार मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पर्यटन मन्त्री प्रेम आलेको निर्देशनपछि उनलाई स्पष्टिकरण सोधिएको हो ।

एअरलाइन्सको ट्वीनअटर जहाज पाइलट पेम्बा शेर्पाले चलाएका थिए । मन्त्री आलेले पाइलट शेर्पाबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने र कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम गरे तुरुन्तै कारबाहीको भागिदार हुनुपर्ने भनेका छन् ।

एयरलाइन्सले भने पाइलट शेर्पाको बचाउ गर्दै पाइलट शेर्पाको ड्युटी बेलुका ४ बजेसम्म मात्रै र सोमबार मौसम प्रतिकूल भएकाले जहाज गन्तव्य नपुगेको भनेको छ । काठमाडौंबाट सोमबार रुकुमका लागि उडेको जहाज मंगलबार बिहान गन्तव्यमा पुगेको छ । पाइलटले जानी जानी रुकुम नपुर्याएर यात्रुहरुलाई बीच बाटोमै अलपत्र पारेका हुन् भने पाइलटका कारण यात्रुलाई होटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी भएको पनि स्रोत बताउछ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..