नेपाल प्रहरीकी एसपी डा.संज्ञा मल्ललाई राष्ट्रसंघका महासचिवको बधाई

  • 2 months अगाडि

नेपाल प्रहरीकी एसपी डा.संज्ञा मल्ललाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले बधाई दिएका छन् । राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत एसपी मल्ल शान्ति मिसनमा कार्यरत महिला प्रहरीमध्ये सर्वाेत्कृष्ट भएकी थिइन् ।

उनलाई केही दिनअघि मात्र उत्कृष्ट महिला प्रहरी अधिकृतको पुरस्कार दिइएको थियो । सामाजिक सञ्जाल ट्वीटरमार्फत महासचिव गुटरेसले एसपी मल्ललाई बधाई दिएका हुन् ।

चिकित्सक रहेकी डा.मल्ल हाल शान्ति मिसन अन्र्तगत कंगोमा कार्यरत छिन् । त्यहाँ रहेका शान्ति सेनालाई कोरोना लगायत रोगबाट जोगाउन उनले खेलेको भूमिका आधारमा उनी वर्ष महिला प्रहरी बनेकी हुन् । यस्तो अवार्ड पाउने उनी नेपाल प्रहरीकी पहिलो अधिकृत हुन् ।