अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताउनुभयो ।

सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उहाँको भनाइ थियो ।

सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उहाँले प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने विचार राख्नुभयो । सूचना प्रविधिका क्षेत्रमा भएको कानूनी व्यवस्था कार्यान्वयन नहुँदासमेत यस क्षेत्रमा समस्या देखिएको २५ वर्षदेखि यस विषयमा काम गर्दै आउनुभएका वरिष्ठ निर्देशक खनालले सुनाउनुभयो ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने उहाँको भनाइ थियो । यस क्षेत्रमा समाजमा भए गरेका विषयलाई सरोकार भएका निकायसम्म पु¥याउन फाउन्डेसनले एक वर्षअघिदेखि कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पालना गरी जुम प्रविधिमार्फत बहस चलाउँदै आएको छ ।

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी
कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

“कोभिड–१९ ले व्यवसायमा ठूलो असर पा¥यो भने यसबाट सिर्जित अवस्थाले अधिकांश व्यवसायीलाई मानसिक तनाव निम्त्याएको छ, योग ध्यानको माध्यमबाट मानसिक स्फूर्तिका लागि यो कार्यक्रम सफल भएको महसुस हामीले गरेका छाँै,” भट्टराईले भन्नुभयो, “हर कुनै परिस्थितिसँग अघि बढ्न मनस्थिति बलियो बनाउन आवश्य छ, योग ध्यानले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गर्दछ ।”

पर्यटन यातायात व्यवसायी पोखराका अध्यक्ष बबरजङ्ग गुरुङले कोभिड–१९ ले व्यवसायमा देखिएको असहज परिस्थितिले निराशा थपेको जनाउँदै योग ध्यान विधिले संयम बनाएर तनावमुक्त हुने विधि सिक्न सफल भएको बताउनुभयो ।

“अहिले व्यक्त गर्न नसकिने धेरै पीडा व्यवसायीमा छ, जसका कारण थुप्रै मानसिक तनावहरु भोग्नु परिरहेका छ, यस्तो अवस्थामा आफूलाई कसरी मानसिकरूपमा स्वस्थ राख्न सकिन्छ भन्ने कुरा योगको माध्यमबाट थाहा पाउने अवसर मिल्यो ।” उहाँले योग ध्यानमा सहभागी हुँदा सकारात्मक ऊर्जा र आनन्दको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सञ्चाालित उक्त कार्यक्रममा योग प्रशिक्षक स्वामी ध्यान सागर सुनिल श्रेष्ठले सहजीकरण गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार परिषद्सँग आबद्ध पर्यटन व्यवसायी, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो ।

पर्यटन व्यवसायीको मागलाई ध्यान दिँदै आगामी दिनमा पनि तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

तराईमा वासन्ती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका बर्तालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पर्व सम्पन्न गरिने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठपर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति वासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता वासन्ती छठको रमझम पनि बढ्दै गएको छ ।

सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ ।

यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्वले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । वासन्ती छठ वासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व एउटै पक्षमा सँगसँगै पर्ने गरेको छ ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..