केमिकल इन्जिनियरहरुको पहिलो वेविनार वृहत रुपमा सम्पन्न

सुरेश पाण्डे : केम टेक ईन्जिनियरिङ्ग एण्ड रिसर्च सेन्टर द्वारा आयोजित “नेपालमा केमिकल ईन्जिनियरहरुको सम्भावना र अवसर” नामक नेपालकै पहिलो वेविनार वृहत रुपमा सम्पन्न भएको छ। उक्त वेविनारमा काठमाडौं विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ्गका डिन प्रा.डा. मनिष पोखरेल ,पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसका सहायक डिन प्रा डा सुशील बज्राचार्य ,नेपाल ईन्जिनियरिङ्ग एसोशेसनका अध्यक्ष प्रा .डा. त्रिरत्न बज्राचार्य लगायतका प्रागिक व्यक्तित्वहरुको उपस्थिति थियो।

सरकारी ,शैक्षिक ,औधोगिक क्षेत्रका व्यक्तित्वहरु समेटिएको वेविनारको मुख्य वक्ताहरुमा नेपाल सरकारका पूर्व सह -सचिव ई .रोमी मानन्धर,गोर्खा ब्रिओरिका सिनियर ब्रिउमास्टर ई. सुरेश सेन ,फ्रिल्यांसर डा. ई .दुर्गा व. कारन्जित हुनुहुन्थ्यो भने प्यानलिस्टमा नेपाल सरकारका सह -सचिव ई प्रभात कुमार सिंह, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक ई सुशील भट्टराई ,काठमाडौं विश्वविद्यालय केमिकल ईन्जिनियरिङ्ग विभागका उप -प्राध्यापक डा. ई. विवेक उप्रेती रहनु भएको थियो।

वेविनारमा काठमाडौं विश्वविद्यालयबाट उत्पादित केमिकल ईन्जिनियर साथै काठमाडौं विश्वविद्याल र त्रिभुवन विश्वविद्याल ,पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा केमिकल ईन्जिनियरिङ्ग अध्ययनरत बिध्यार्थीहरुको उल्लेखनिय मात्रामा उपस्थिति थियो। उक्त वेविनारको मोडरेटरको रुपमा आर्थिक विकाश प्राधिकरण, नेपाल आयल निगमको कार्यकारी निर्देशक बनिसक्नु भएका र हाल नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सिनियर डिभीजनल केमिकल ईन्जिनियर डा. ई. चण्डिका प्र .भट्ट हुनुहुन्थ्यो।

बाटो मात्र खनेर देशको विकास देख्ने ,पुल मात्र बनाएर विकास देख्ने,भ्यु टावर ,नाच घर बनाएर विकास देख्ने परम्परालाई परिवर्तन गर्दै देश लाई आर्थिक रुपमा सम्पन्न पार्न साथै सुखी नेपाली सम्बृद नेपालको नारा सफल तुल्याउन औधोगीक क्रान्ति अपरिहार्य रहनुका साथै औधोगिक विकासमा उत्पादित दक्ष केमिकल ईन्जिनियरहरु लाई परिचालन गर्न ढिला गर्न नहुने तर्क समेत उक्त वेविनारमा आएको थियो।

सरकारी क्षेत्रमा हेर्ने हो भने उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय साथै यस मन्त्रालय अन्तर्गत पर्ने विभागहरु नेपाल गुणस्तर तथा नापतौल विभाग, उधोग विभाग, लघु घरेलु तथा साना उधोग प्रवद्वन केन्द्र, बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खानी विभाग, पेट्रोलियम उत्खनन विभाग , नेपाल आयल निगम लगायत यस मन्त्रालयमा अन्तर्गत रहेका विभिन्न समिति ,बोर्ड ,कम्पनि ,प्रतिष्ठान ,कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत पर्ने विभाग जस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा केमिकल ईन्जिनियरहरु उल्लेखनिय मात्रामा आवश्यक पर्ने हुँदा नेपाल सरकारले यी क्षेत्रहरुमा केमिकल ईन्जिनियरहरु लाई अवसर दिनुपर्ने सम्म चर्चा भएको थियो। हाल लोकसेवा बाट आउने केमिकल ईन्जिनियरहरु निकै न्यून रहेकोले नेपालमै सरकारी क्षेत्रमा काम गर्न चाहने केमिकल ईन्जिनियरहरु लाई सरकारले लोकसेवा मार्फत दरबन्दी बढाई रोजगारीको अवसरदिनु पर्ने माग पनि उठेको थियो।

साथै उक्त वेविनारमा सम्बृद नेपालको लागि औधोगीकरण, औधोगीकरणको लागि केमिकल ईन्जिनियर्स भन्ने नारा पनि प्रस्तुत भएको थियो। औधोगीक क्षेत्रहरु जस्तै सिमेन्ट उधोग, अक्सिजन प्लान्ट उधोग, खानी जन्य उधोग, फलाम उधोग, तामा उधोग, रबर उधोग, कागज उधोग, चिनी उधोग, दुग्ध उधोग ,प्लास्टिक उधोग, पानी प्रशोधन उधोग , साबुन डिटरजेन्ट उधोग , कस्मेटिक उधोग, कार्पेट उधोग, पेन्ट्स उधोग, औषधी जन्य उधोग, जडिबुटी प्रशोधन उधोग, खाना प्रशोधन उधोग कृषिमा आधारित उद्योग, खाना र पेय पदार्थमा आधारित उधोग, मल उधोग, पोलीमर उधोग, डिस्टिलरी उधोग जस्ता थुप्रै उधोगहरुमा केमिकल ईन्जिनियर चाहिने गर्दछ।

प्रागिक क्षेत्रहरु जस्तै काठमाडौं विश्वविद्यालय,त्रिभुवन विश्वविद्याल ,नेपाल अनुसन्धान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पनि केमिकल ईन्जिनियर चाहिने गर्दछ। केमिकल ईन्जिनियर उत्पादन गर्ने मुख्य थलो नै विश्वविद्याल रहेको हुँदा विश्वविद्यालले विभिन्न सरकारी ,निजि ,औधोगिक क्षेत्रहरु संग सहकार्य गर्दै जानुपर्ने र केमिकल ईन्जिनियरिङ्ग पढाई हुने विश्वविद्यालमा यही क्षेत्रका प्रागिक व्यक्तित्वहरु विश्वविद्यालले खोजि परिचालन गरिनुपर्ने सम्मको चर्चा उक्त वेविनारमा भएको थियो।

नेपालमै रासायनिक मल कारखाना खोल्ने, पेट्रोलियम पदार्थको उत्खनन गर्ने, थुप्रै औधोगिक ग्रामहरु स्थापना हुने जस्ता विषयमा चर्चा हुँदा यी क्षेत्रहरुमा केमिकल ईन्जिनियरहरुको निकै सम्भावना र अवसरहरु रहेको वक्ताहरुले औल्याउनु भएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..