अबदेखि कोरोनाका भेरियन्टहरुको नाम : अल्फा, बिटा र डेल्टा !

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।

चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने कलंक वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्लुएचओको भनाई छ ।

कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलंकित गर्न नहुने डब्लुएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताएकी छन् ।

भेरियन्टका नामहरुको पूर्ण सूचि डब्लुएचओले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ । नयाँ नामहरुले वैज्ञानिक नामलाई प्रतिस्थापित भने गर्ने छैनन् । सार्वजनिक रुपमा सहज प्रयोगका लागि नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..