annapurna add

काठमाडौं । बिहीबार राती पौने ९ बजे ईसेवाले आफ्ना वेब लगईन गर्ने प्रयोगकर्ताको नाममा ‘अत्यन्त जरुरी सूचना’ जारी गर्‍यो । सूचनामा ९ बजे उपरान्त वेब ब्राउजरमा लगईन गर्दा पासवर्ड अनिवार्य रुपमा परिवर्तन गर्न भनिएको थियो ।

पासवर्ड परिवर्तनका लागि ईसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा ईमेलमा प्राप्त टोकन राख्नुपर्ने अनिवार्य गरिएको छ । कम्पनीले सूचना जारी गरेको केही बेरमै ट्वीटरमा भर्खरै खुलेको एउटा आईडीबाट ईसेवाको डेटा ब्रिच प्रमाणीत गर्ने उद्देश्य अनुरुप ट्वीटहरु आउन थाले । ईसेवाको यस्तो सूचना र ट्वीटको विवरण देख्ने वित्तिकै थुप्रै प्रयोगकर्तामा ईसेवा साइबर आक्रमणमा परेको निश्कर्ष निकाल्न थाले ।

ईसेवाले सूचना जारी गरेको एक घण्टा लगत्तै ट्वीटरमा ‘अपरिचित’ नामबाट एउटा अकाउन्ट खुलेको छ ।

image३४ जना प्रयोगकर्ताको ईमेल आईडी, पासवर्डका सुरुवाती अक्षर र ईसेवा वालेटमा रहेको रकम सहितको स्क्रिनशट उक्त ट्वीटसँगै पोस्ट गरिएको छ । जसमा सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न लगाउनु सकारात्मक कदम भएको बताइएको छ ।

image 1चेतावनीको शैलीमा स्क्रिनशटमा कम्पनीको डेटाको डेमो मात्र प्रस्तुत गरिएको भन्दै प्रमाणित गर्न चाहे पासवर्डको पहिलो अक्षर हेर्न भनिएको छ । सँगसँगै गरिएको अर्को ट्वीटमा यो आफ्नो नभएर ईसेवाको कमजोरी भएको बताइएको छ ।

जसमा चेतावनीको भाषामा भनिएको छ, ‘पासवर्ड परिवर्तनका लागि अनुरोध गर्दैमा केही फरक पर्ने वाला छैन । यो केवल डेमो हो । अर्को एउटा ठूलो चुनौती सामना गर्न तयार भएर बस्नु ।’

ईसेवाले पासवर्ड परिवर्तन अनिवार्य गर्नु र एउटा ट्वीट ह्याण्डलबाट केही प्रयोगकर्ताका डेटा लिक हुनुबाट धेरैले अहिले ईसेवामाथि साइबर हमला भएको निश्कर्ष सहित सामाजिक सञ्जालमा बहश छेडेका छन् ।

ssss

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार