यौन तस्करीको प्रमुख माध्यम बन्न थाल्यो फेसबुक

लोकप्रिय सामाजिक सञ्जालका रुपमा अगाडि आएको फेसबुकबाट हामी कहाँ पनि कतिपय गैरकानूनी क्रियाकलापहरु भइरहेका छन् । पछिल्लो एक रिपोर्टमा जनाइए अनुसार सन् २०२० मा ५९ प्रतिशत यौन तस्करी (सेक्स ट्राफिकिङ) भर्ती फेसबुकबाट भएको पाइएको छ ।

यसमा यदि बालबालिकाहरुको समेत तथ्याङ्क समावेश गर्दा यो बढेर ६५ प्रतिशत हुने बताइएको छ । फेसबुक पछि किशोर किशोरीको लोकप्रिय इन्स्टाग्राम र स्न्यापचाटबाट पनि बच्चाहरुलाई यस धन्दामा फसाइरहेको पाइएको छ ।

अमेरिकामा मावन तस्करीको अपराध मान्ने ट्राफिकिङ्ग भिक्टिम प्रोटेक्शन एक्ट ९टीभीपीए०को बार्षिकीका अवसरमा यस सम्बन्धी रिपोर्ट जारी गरिएको हो । मानव तस्करी संस्था र संघीय मानव तस्करी दुबै संस्थाले सन् २०२० मा रिपोर्ट प्रकाशित गरेको थियो । यसमा ५९ प्रतिशत अनलाइन भर्ती सक्रिय यौन तस्करी फेसबुकमार्फत नै भएको पाइयो ।

फेसबुक यौन तस्करहरुका बीच धेरै हदसम्म साझा प्लेटफर्म बन्दै गइरहेको छ । ६५ प्रतिशत पीडित बालबालिकालाई फेसबुकका माध्यमबाट यसमा धकेलिएको पाइयो । वयस्कको हकमा भने यो आँकडा ३६ प्रतिशत मात्र थियो । फेसबुक पछि इन्स्ट्राग्राम र स्न्यापच्याट जस्ता सामाजिक मिडिया प्लेटफर्मलाई बालबालिका भर्तीका लागि प्रयोग गरिएको पाइयो ।

मानव तस्करी संस्थाका प्रमुख भीक्टर बुट्रोसले सीबीएसएनलाई एक अन्तर्वार्तामा इन्टरनेट मानव तस्करी भर्ती गर्ने माध्यम बनेको र सामाजिक उनीहरुका लागि गतिलो प्लेटफर्म साबित भएको बताए । जुन २०२० फेसबुकले अनलाइन बाल यौन शोषणसँग लड्नका पहलको शुरुवात गरेको थियो ।

फेसबुकले बालबालिकाको शोषणको संकेत गर्ने तस्विरहरु हटाउँदै आएको छ । यो प्लेटफर्ममा एक बच्चा र एक वयस्कका बीचको अनुचित कुराकानी पत्ता लगाएर त्यसलाई रोक्ने कोशिस भइरहेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..