annapurna add

iphone 12

एप्पलले आइफोन १२ का चार मोडल सार्वजनिक गरेको छ। मंगलबार डिजिटल इभेन्ट मार्फत नयाँ आइफोन सार्वजनिक गरिएको हो । आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म पर्नेछ ।

आइफोन १२ का मोबाइलहरु ५ जी नेटवर्क युक्त हुने एप्पलले जनाएको छ । एप्पलले आइफोन–१२, ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुने जनाएको छ । यस्तै आइफोन–१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । फाइफोन–१२ प्रो को स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी तथा आइफोन–१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको एप्पलले जनाएको छ ।

आइफोन–१२ प्रो मा स्क्रीनको आकार अघिल्ला आइफोनको भन्दा ठूलो छ । आइफोन–१२ को स्क्रीन ६.१ इन्चको हुने र पहिलेको भन्दा ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने एप्पलले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार