आइफोन-१३ का ४ मोडल सार्वजनिक : एउटाको मूल्य १ लाख ८८ हजारसम्म

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा माेडल सार्वजनिक गरेकाे हाे। पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ। यसमा आइफोन–१३ सिरिजसँगै इन्ट्री लेबल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ समावेश छन्।

कम्पनीले आइफोन-१३ का ४ मोडल– आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स बनाएकाे हाे। आइफोन-१३ मिनीमा ५.४ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले, रिजोलुसन २३४०x१०८० पिक्सल र डेन्सिटी ४७५पीपीआई छन्। यस्तै आइफोन-१३ मा ६.१ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले छ भने २५३२ x११७० पिक्सल र डेन्सिटी ४७६ पीपीई रिजोलुसन छन्।

आइफोन-१३ मिनीलाई ६९९ डलर (नेपाली रुपैयाँ ८२ हजारभन्दा बढी) देखि ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) सम्म पर्छ। आइफोन-१३ लाई ७९९ डलर (नेपाली रुपैयाँ ९४ हजारभन्दा बढी) देखि १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) सम्म पर्छ।

आइफोन-१३ प्रोलाई ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) देखि १४९९ डलर (नेपाली रुपैयाँ १ लाख ७६ हजारभन्दा बढी) सम्म पर्छ। आइफोन-१३ प्रो म्याक्सलाई १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) देखि १५९९ डलर (नेपाली रुपैयाँ १ लाख ८८ हजारभन्दा बढी) सम्म पर्ने कम्पनीले जनाएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..