नेपाली सेनाले साढे तीन अर्बको विमान ल्याउदै

sena biman

नेपाली सेनाले इन्डोनेसियाबाट साढे तीन अर्बको विमान खरिद गरेको छ । नयाँ विमान इन्डोनेसियाबाट बुधबार काठमाडौंतर्फ उडेको छ ।

यो विमान इन्डोनेसियाली सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको हो । इन्डोनेसियाली मिडियाका अनुसार सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको थियो ।

उक्त विमान आगामी शनिबार काठमाडौं आइपुग्दैछ । यो विमान निर्माण गर्न २०१७ जुनमा नेपाली सेना आफैंले तीन अर्ब ३८ करोड रुपैयाँ विमान कम्पनीलाई बैनाबापत तिरेको थियो ।

सेनाको सैन्य गतिविधिका लागि अत्यावश्यकीय काममा प्रयोग गर्न यो विमान खरिद गरिएको बताइएको छ । विमान अवतरणपछि परीक्षण उडान हुनेछ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..