एप्पलको विशेष संस्करण रेड आइफोन !

एप्पलको आइफोन सेभेन र सेभेन प्लसको विशेष संस्करण रेड बजारमा आएको छ । एचआइभी एड्स विरुद्ध सहयोग गर्दै आएको एप्पलले कोष जुटाउनका लागि आइफोन सेभेन र सेभेन प्लसको रातो रंगको विशेष संस्करण ल्याएको हो । रातो रंगको आइफोन शुक्रबारदेखि विश्वका ४० देशका बजारबाट बिक्री सुरु भएको हो ।

Red Apple iPhone2

रेडसँगको सहकार्यमा एप्पलले आइफोन सेभेन र सेभेन प्लसको प्रोडक्ट रेड विशेष संस्करण बजारमा ल्याएको हो । एप्पल र रेडबिच १० वर्षदेखि एचआइभी विरुद्धको अभियानमा सहकार्य रहँदै आएको छ । एड्स–फ्रि जेनेरेसन निमार्णमा सहयोग गर्नका लागि विश्वव्यापी रुपमा सहयोग जुटाउने उद्देश्यले एप्पलले रातो रंगको आइफोन बजारमा ल्याएको हो । प्रोडक्ट रेड आइफोन सेभेन र सेभेन प्लस १२८ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुनेछन् ।

Red Apple iPhone1

 यसको मूल्य ७४९ अमेरिकी डलरदेखि सुरु हुनेछ । शुक्रबारदेखि अमेरिकासहित विश्वका ४० भन्दा बढी देशका बजारमा पुगेको रेड आइफोन अप्रिलमा विश्वका अरु देशमा पुग्ने छ । रेड आइफोनमा आइफोन सेभेन र सेभेन प्लसमा रहेकै सुविधा छन् ।

Red Apple iPhone

 

Kantipath Media

यो छुट्टाउनु भो कि..