सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ खुल्यो

 काठमाडौं । सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ खुलेको छ। कम्पनीको २१ प्रतिशत शेयरमा मिनी आइपिओमार्फत  २० मिलियन डलर (२ अर्बभन्दा बढि नेपाली रुपैयाँ) संकलन गर्ने उदेश्य सहित सगुनले अनलाइनबाट शेयर खुल्ला गरेको हो।

बैदेशिक लगानी खुला भएका विश्वका सबै देशहरुबाट सगुनमा लगानी गर्न सकिने जानकारी दिइएको छ। विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्छन् तर त्यो देशबाट बैदेशिक लगानी गर्नकालागि कानुन रहेको हुनुपर्छ। विदेशमा लगानी गर्नेसम्वन्धी कानून नभएकाले नेपाल भित्रबाट भने सगुनमा लगानी गर्न पाइँदैन।  

कम्पनीले नेपालीहरुको धेरै बसोवास रहेको अमेरिका, भारत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बेलायत लगायत मध्यपूर्वका खाडी देशहरुबाट धेरै लगानी आउने अपेक्षा गरेको छ।

सामाजिक सञ्जालको प्रयोग स्वास्थ्यका लागि राम्रो हुने : अध्ययन !

बिहीबारदेखि संसारका जुनसुकै स्थानमा रहेका व्यक्तिले यसमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ।
 
कम्पनीले मिनी आइपिओ बिक्री गर्नुभन्दा पहिले सामाजिक सञ्जाल सगुनमार्फत नै लगानीको इच्छा जाहेरका लागि टेष्ट गरेको थियो। सो टेष्टमा विश्वभरबाट चार लाखले सात मिलियन डलर लागनी गर्ने प्रतिवद्धता गरेका थिए।

सगुनमा जतिपनि लगानी गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ। नेपालमा कुनैपनि कम्पनीको आइपिओ खुलेपछि एकहप्ता वा १० दिनमा बन्द नहुने र २० मिलियन डलर नउठ्दासम्म खुलिरहने जनाइएको छ।

कम्पनीले जसले जतिपनि लगानी गर्न मिल्ने र लगानीको कुनै दायरा नरहेको जनाएको छ।
सगुनको लगानीकर्ता हुनका १३ कित्ता शेयर खरिद गर्नुपर्ने हुन्छ र त्यसकालागि २ सय ९९ डलर लगानी गर्नुपर्दछ। सगुनको प्रतिशेयरको मूल्य २३ डलर तोकिएको छ।  

सामाजिक सञ्जाल (फेसबुक) मा ठगि धन्दा मौलायो

एक हप्ताअगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनलाई शेयर निष्कासनको स्वीकृति दिएको थियो। उक्त स्वीकृति पश्चात कम्पनीले ‘ग’ श्रेणीको ८ लाख ६९ हजार ५ सय ६४ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति पाएको हो।

बिक्रीका लागि छुट्याइएको यी शेयर सर्वसाधारणले सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
सगुनले मिनी आइपिओ पश्चात निकै महत्वकांक्षी योजना समेत सार्वजनिक गरेको छ।

हाल चारलाख २५ हजारजना सगुनसँग आवद्ध रहेका छन् भने सन् २०१७ को अत्यसम्ममा यो संङ्ख्यालाई बढाएर ९० लाख पुर्याउने कम्पनीले जनाएको छ।

त्यस्तै आगामी जुन महिनामा मोवाइल एप लन्च गर्ने, सन् २०१८ को फेब्रुअरीभित्र सोसियल स्मार्ट कार्ड लन्च गर्ने, दिल्लीमा आगामी मे महिनाभित्र टक्नोलोजी ल्याव खोल्ने तथा अप्रिल २०१८  मा नेपालमा आइटी हव खोल्ने जनाएको छ। 

अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो । सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३.७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिका कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ । 

प्रकासित मिति : २०७३ माघ २७ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..