डाटाहरू डिलिट हुन सक्ने भन्दै सामसङले जारी गर्‍यो अन्तिम सूचना

सामसङले आफ्ना प्रयोगकर्तालाई सामसङ क्लाउडमा रहेका फोटो तथा भिडिओ तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ ।

कम्पनीले प्रयोगकर्ताका लागि अन्तिम सूचना जारी गर्दै सुरक्षित नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ डिलिट हुने जनाएको हो ।

यसअघि कम्पनीले प्रयोगकर्तालाई सामसङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज बन्द गर्ने निर्णय गरेको थियो ।

गुगल, माइक्रोसफ्ट वानड्राइभ, अमेजनलगायतका कम्पनीले जस्तै सामसङले पनि क्लाउडमा हुँदै आएको खर्च कटौतीको लागि यो निर्णय गरेको हो ।

उक्त निर्णयसँगै कम्पनीले प्रयोगकर्तालाई करिब तीन महिना समय अवधि उपलब्ध गराएको थियो । तर, अझै पनि लाखौं प्रयोगकर्ताले आफ्नो डेटा सुरक्षण नगरेको पाएसँगै कम्पनीले अन्तिमपटक भन्दै सूचना जारी गरेको हो ।

‘जसले आफ्नो डेटालाई सुरक्षित गरेका छैनन्, उनीहरूका लागि यो सूचना जारी गरिएको छ,’ कम्पनीले भनेकाे छ, ‘तत्कालै आफ्नो डेटा सुरक्षित नगरिएको खण्डमा फोटो तथा भिडिओ डिलिट हुनेछ ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..