सिन्धुलीको भिमानबाट लन्च भयो नेपालको पहिलो रकेट

garud rocket nepal1616295032

garud rocket nepal1616295032

सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च भएको छ । ईन्जिनियरिङका विद्यार्थीको समूहले बनाएको ‘गरुड’ नाम दिइएको सो रकेटको शनिबार परीक्षण प्रक्षेपण गरिएको हो । सो रकेट परीक्षण प्रक्षेपणका क्रममा करिब डेढ सय मिटर आकाशमा उडेर दुर्घटना भएको थियो ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप- २०२१ मा सहभागिता जनाउनका लागि गरुड तयार पारिएको हो । ७.४२ फिट उचाइको उक्त रकेटको ब्यास ६ इन्च छ । नेपाली युवाको समूहले गरेको परीक्षण प्रक्षेपणमा नेपाली सेनाले पनि साथ दिएको थियो ।

रकेट निर्माणमा संलग्नहरूका अनुसार प्रधान सेनापति थापाले सेनाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले प्रोजेक्ट आंशिक रूपमा सफल भएको र यसलाई नराम्रो नसोच्न आग्रह गरेका थिए । राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले पनि आफ्ना तर्फबाट अझै सहयोग गर्ने बताएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..