‘स्पाइडर म्यान–नो वे होम’ ले कमायो १ अर्ब अमेरिकी डलर

  • 3 weeks अगाडि

प्रदर्शनको दिनबाटै सुखद व्यापार गरेको चलचित्र ‘स्पाइडर म्यान–नो वे होम’ले निकै राम्रो कमाइ गरेको छ। यो फिल्मले विश्वभरिबाट अर्बभन्दा धेरै अमेरिकी डलर आम्दानी गरेको हाे। टम हल्यान्ड र जेन्डाया अभिनित ‘स्पाइडर म्यान–नो वे होम’ जोन वाट्सले निर्देशन गरेका हुन्।

कोरोना महामारीपछि रिलिज भएर सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्रका रुपमा यो फिल्मले रेकर्ड बनाएको छ। योसँगै ‘स्पाइडर म्यान–नो वे होम’ प्रर्दशन भएको छोटै समयमा धेरै आम्दानी गर्ने चलचित्रको दोस्रो सूचीमा परेको छ।

‘स्पाइडर म्यान–नो वे होम’ले अझै राम्रो कमाइ गर्ने आकलन गरिएको छ। यही डिसेम्बर १६ मा रिलिज भएको यो चलचित्रले धेरै दर्शकको मन जितिरहेकाे छ। ‘स्पाइडर म्यान–नो वे होम’ले प्रदर्शनको पहिलो दिननै ३२.६७ करोड र दोस्रो दिन २०.३७ करोड कमाइ गरेको हाे।

प्रदर्शन भएको छोटो अविधिमा धेरै आम्दानी गर्ने चलचित्रको पहिलो सूचीमा भने ‘एभेन्जर्स इन्डगेम’ छ । उक्त चलचित्रले प्रदर्शन भएको ५ दिनमा यो रेकर्ड बनाएको थियो।