पार्कर खेलमा दिनेश सुनारको पाँचौ विश्व रेकर्ड गिनिज बुकमा दर्ता

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । गत मार्चमा ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्डको प्रयास गरेका थिए । यो रेकर्ड मंगलबार गिजिन बुकले दर्ता गरेको हो ।

यो विधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि सुनारले त्योभन्दा धेरै १३ पटकसम्म हानेका थिए ।

यसअगाडि दिनेशले गतबर्षको जनवरी ५ मा अमेरिकामा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष भर्जिनियामा आयोजित कार्यक्रममा रेकर्ड ब्रेक गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..