नेपाल मुवा थाई संघ पुर्नगठन, भिमसिंह गुरुङ्ग अध्यक्ष !

 राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहने नेपाल मुवा थाई संघमा भिमसिंह गुरुङ्ग अध्यक्षमा चयन भएका छन् ।

परिषदद्धारा पुर्नगठन गरिएको संघमा अध्यक्ष गुरुङ्ग सहित  सदस्यहरुमा उमेस गुरुङ्ग, सुर्य बुढाथोकी,  सुन्दर भुषाल,दिपक गोदार,सुजित पण्डित, प्रकास काफ्ले, देव चौलागाइ,रोसन केसी,भुपेश शाक्य,कैलाश श्रेष्ठ,सम्पन्न श्रेष्ठ र युवराज खड्का रहेका छन ।

नेपालमा खेलिने मार्सल आटर््सका खेलहरु मध्ये मुवा थाई लाई साहसिक खेलका रुपमा पनि लिने गरिन्छ ।

युरोप, अमेरिका तथा अमेरिकन राष्ट्रहरुमा प्रोफेसनल खेलका रुपमा रहेको मुवा थाई खेल मार्फत नेपाली युवाहरुको क्षमता अभिबृद्धि गराई आत्मनिर्भर तथा सक्षम खेलाडीका उत्पादन गरी अन्तराष्ट्रिय स्तरका प्रतियोगीताहरुमा सफलता हात पार्ने उद्येश्य रहेको संघका अध्यक्ष गुरुङ्गले बताएका छन ।

राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्यसचिव सकुन्तला नगरकोटीले आज गुरुङ्गलाई अध्यक्ष सहितको पत्र थमाएकिछन ।

Kantipath Media

यो छुट्टाउनु भो कि..