पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो ।

जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिबार यो यो बेङ्क्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बेङ्क्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको छ ।

कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बेङ्क्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले बताउनुभयो । कार्यक्रममा छ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ । उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष÷महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिनुभयो । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पुर्याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिने भएको छ ।

नेपालमै पहिलोपटक भक्तपुरबाट उसु अवार्ड वितरणको शुरुआत गर्न पाउँदा सिङ्गो भक्तपुरवासीका लागि खुशी र गौरवको कुरा भएको भन्दै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताउनुभयो । पुरस्कारको मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै अवार्डको शुरुआतले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

अवार्ड वितरणमा सहयोगात्मक भूमिका निर्वाह गर्नुभएका हिमाल साकोसका अध्यक्ष विज्ञान राईले भक्तपुरमा कुनै पनि खेलकूदको विकास एवं प्रतियोगितामा यो समूहले आर्थिक तथा भौतिकरूपमा निरन्तर सहयोग गर्दै आएको र उसुको विकासमा पनि थप सहयोग गर्ने बताउनुभयो । त्यस्तै भोलियन्टर उसु कमिटीका अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो ।

अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्तरुपमा ट्रफी अनावरण गर्नुभएको हो ।

लालपुर्जा पाएपछि घरवासी दङ्ग
कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।

“लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ”, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भन्नुभयो, “अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।” नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।

नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपुर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति÷पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

नापी कार्यालय महोत्तरीले चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपुर्जा वितरण गरी सकेको छ । पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ ले जानकारी दिनुभयो । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लकभित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।

साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न एक दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपुर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको हो ।

पर्यटन जागरणका लागि घरवास सचेतना
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।

कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुबै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिनुभयो । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि कार्यक्रम महत्वपवूर्ण बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

सचेतनानका क्रममा पर्यटकलाई गरिने आतिथ्यता, सत्कार, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । संघका निवर्तमान अध्यक्ष लक्की कार्की क्षेत्री, अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे न्यौपाने लगायत पर्यटन क्षेत्रका विज्ञबाट होमस्टे सञ्चालकहरूलाई तालिम तथा प्रशिक्षण दिइने संघले जनाएको छ ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला तथा स्थानमा सञ्चालित होमस्टेहरूमा पछिल्ला दिन आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएका अवस्थामा नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि अघि बढाइएको छ ।

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने
काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ ।

तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौँ उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

संसदीय समितिद्वारा विकास आयोजनाको अनुगमन
गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले जिल्लामा सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन थालेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले जिल्लामा सञ्चालन गरेका विकास आयोजनाको बुधबारदेखि अनुगमन शुरु गरेको हो ।

भौतिक पूर्वाधार, पर्यटन, उद्योग वन तथा वातावरण र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयन र प्रभावकारिताको अवस्थाका विषयमा अध्ययन थालेको टोलीले जनाएको छ ।

टोलीमा सभापति कोइरालासहित प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठ, विनोद केसी र हरिशरण बस्नेतका साथै प्रदेशसभा सचिवालयका तीन कर्मचारी सहभागीता रहेको छ । बुधबार बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा सञ्चालित आयोजना तथा कार्यक्रमको अनुगमन गरेको टोलीले आज रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको आयोजना अनुगमन गर्ने जनाएको छ ।

प्रदेश सरकारले बजेट विनियोजन गरेर सञ्चालन गरेका आयोजना तथा कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका समस्या, उपलब्धि र प्रभावकारिता पहिचानका लागि स्थलगत अनुगमन थालिएको सभापति कोइरालाले जानकारी दिनुभयो ।

“प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिन प्रतिवेदन तयार पारेर संसद्लाई पेश गर्छौ,” उहाँले भन्नुभयो,“विकास आयोजनामा देखिएका ढिलासुस्ती, विवाद समाधानका साथै सरोकारवालालाई जवाफदेही बनाउन अनुगमन गरिएको हो ।”

टोलीले बेनी–दरवाङ, दरवाङ–धारापानी–ताकम–मुना, मुना–लुलाङ सडक आयोजना, छ््यारछ््यारे, दाङखोला, भारवाङखोला मोटरेबल पुल, प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको साझेदारीमा सञ्चालित मुना स्वास्थ्य चौकीको निर्माणाधीन भवन अनुगमन गरेको थियो ।

आयोजना निर्माणस्थलमा खटिएका मजदूर, निर्माण व्यवसायी, प्राविधिक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको थियो । ५० प्रतिशत भौतिक प्रगति भएको बेनी–दरवाङ सडकको पहिलो प्याकेजको ठेकेदार कम्पनी लामा–समानान्तरणका इञ्जिनीयर सुनिल खत्रीले सडकमा पर्ने विद्युत्का पोल नहटाउँदा काम गर्न समस्या भएको बताउनुभयो ।

“विद्युत् प्राधिकरणलाई बेनीदेखि तातोपानीसम्म सडकको छेत्राधिकारमापर्ने २८ वटा पोल सार्न एक वर्ष अघिनै रु १२ लाख भुक्तानी गरेका थियांै,” उहाँले भन्नुभयो, “प्राधिकरणले समयमा पोल नसारिदिँदा सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राबेल गर्ने काम प्रभावित भएको छ ।”

सडक आसपासका प्रभावित बासिन्दाको अवरोध र विवादका साथै ठेक्का सम्झौता अनुसार ढुङ्गा, गिट्टी र बालुवाको व्यवस्थापन हुन नसक्दा पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसकेको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजको ठेकेदार बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ थकालीले बताउनुभयो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दरवाङ–धारापानी सडकको काम सन्तोषजनक भइरहे पनि दाङखोलाको मोटरेबल पुल ठेक्का सम्झोता भएको डेढ वर्षसम्म पनि शुरु नभएको, भारवाङखोला र मराङखोला मोटरेबल पुल लक्ष्यअनुसार अघि नबढेको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले गाउँपालिका प्रदेश र सङ्घका कार्यालयले समन्वय नगरेको बताउनुभयो । धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले मुना–लुलाङ सडकको महतलाको भिरमा सडक खन्न पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको काम समयमा हुन नसक्दा लुलाङ र गुर्जामा सडक निर्माण प्रभावित भएको जानकारी दिनुभयो ।

सबै पालिकाका आयोजनाको अनुगमन र सरोकारवालासँग छलफल गरेपछि बेनीमा अन्तक्र्रिया गरेर विकास आयोजना तथा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइने प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..