उपकप्तान मल्लले टि-२० सिरिज नखेल्ने

gyannendra

उप कप्तान ज्ञानेन्द्र मल्लले टि२० सिरिज नखेल्ने भएका छन् ।आगामी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै नखेल्ने बताएका हुन् ।

ज्ञानेन्द्र टि२० मा सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने नेपाली खेलाडी हुन् । जसले अघिल्लो महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पुरा गरेका थिए ।

सिरिजमा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन। जसको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरि सकेको छ । प्रतियोगितामा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् ।

नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ । यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारीस्वरुप लिइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..