नेपालद्वारा अमेरिका पराजित, आज ओमानसँग भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि कुशल भुर्तेल र रोहित कुमार पौडेलले शानदार प्रर्दशन गरे । नेपालको जितमा ओपनर कुशल ले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले यस्तै रोहितले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपालले दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो । सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल आज मंगलबार हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..