एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको छैठौ जित

दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार पपुवा न्युगिनीलाई २ विकेटले हराएको छ। एक सय ३५ रनको लक्ष्य पाएको नेपाल कुनै समय ७ विकेटमा ८२ रनको स्थितिमा थियो। तर सोमपाल कामी र रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले ३९ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। रोहितले ४१ रन बनाए। सोमपाल २२ रनमा अविजित रहे। यी दुईबीच आठौँ विकेटका लागि ५१ रनको साझेदारी भएको थियो।

यसअघि ओमानको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुआ न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन जोड्यो। नेपालका सन्दीप लामिछानेले चार तथा कुशल मल्ल र विक्रम सोबले दुई दुई विकेट हात पारे। सोमपाल कामीले एक विकेट हात पारे।

नेपालले दोस्रो खेल शुक्रबार खेल्ने छ। नेपालले हालसम्म एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ खेल खेलेकामा ६ जित र पाँच हारको नतिजा निकालेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..