पपुवा न्युगिनीले दियो नेपाललाई १ सय ३५ रनको लक्ष्य : सन्दिपले लिए ४ विकेट

पपुवा न्युगिनीले नेपाललाई खेल जित्न १ सय ३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

पपुवा न्युगिनीका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..