एकै ओभरमा श्रीलंका विरुद्ध पोलार्डको ६ छक्का

1575987815 1902

1575987815 1902

वेष्ट इन्डिजका काउरन पोलार्डले टी-२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी-२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी-२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस जितपछि तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..