साग : नेपालद्वारा माल्दिभ्स ५ विकेटले पराजित

nepal maldiva

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज बिहान भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य हात पारेकाे हाे ।

पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । यसैगरी अमिल माउरुफले १३ रन जोडे ।

मलेसिया विरूद्धकाे खेलमा नेपालका ललित नारायण राजवंशीले ३ र सुशन भारीले २ विकेट लिएका थिए । त्यसपछि जवाफी ब्याटिङमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएकाे हाे ।

जारी साग अन्तरगत क्रिकेटमा पुरुषतर्फको स्वर्ण पदकका लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..