ट्युमरको अपरेसनपछि पेलेलाई आईसीयुबाट निकालियो

फुटबल लेजेण्ड पेलेको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको उनकी छोरीले जानकारी दिएकी छन् । आन्द्रामा पलाएको ट्युमर हटाउन हालै उनको शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि उनलाई आईसीयुमा राख्नुपरेको र हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छोरी केली नास्कीमेन्तोले जानकारी दिएकी छन् । ८० वर्षका पेलेलाई बुधबार आईसीयुबाट निकालिएको उनले बताएकी छन् ।

नियमित परीक्षणमा ट्यूमर पत्ता लागेपछि पेले गएको ३१ अगस्टदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..