रोनाल्डो सम्मिलित युभेन्टसलाई सिरी ए फुटबलबाट निष्काशनको चेतावनी

युभेन्टसले इटालियन सिरी ए फुटबलबाट निष्काशनको चेतावनी पाएको छ । युभेन्टससहित बार्सिलोना र रियल मड्रिडले अझै पनि आफूलाई युरोपियन सुपर लिगबाट बाहिर निकालेका छैनन् । युभेन्टसमा रोनाल्डो सहितका खेलाडी छन् ।

प्रस्तावित र आक्रोशका कारण असफल भएको युरोपियन सुपर लिगमा कायम रहिरहेमा सिरी ए फुटबलबाट निष्काशन गर्ने चेतावनी युभेन्टसलाई इटालियन फुटबल फेडेरेशनले दिएको हो । इटालियन फेडेरेशनका अध्यक्ष गाब्रिएल ग्राविनाले युभेन्टसले नियम नमानेमा उसलाई लिगबाट हटाइने बताएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..