कोरोनाको कारण अर्जेन्टिनाले कोपा अमेरिका आयोजना नगर्ने

अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतबार जानकारी गराएको छ ।

कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुझिएको छ ।

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ । अर्जेन्टिनामा महामारी नियन्त्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजना गर्न नसक्ने जनाएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..