मेस्सी चम्किएपछि अर्जेन्टिनाको सानदार जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ । मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए । समुह ए मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..