बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो ।

पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरि बार्सिलोनालाई अग्रता दिलाइन् ।

बार्सिलोनाकी पुतेलासले १४ मिनेटमा पेनाल्टीमार्फत तथा २० औँ मिनेटमा बोन्माती र ३६ औँ मिनेटमा हान्सेनले गोल गरेकी हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..