बार्साले जित्यो कोपा डेल रेको उपाधि : १२ मिनेटमा ४ गोल

बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि डि योङले बार्साको अग्रता दोब्बर बनाए ।

कप्तान लियोनेल मेस्सीले दुई गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । रोनाल्ड कोमानको नेतृत्वमा बार्सिलोनाले पहिलोपटक उपाधि जितेको हो ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..