च्याम्पियन्स लिग सेमिफाइनलः आफ्नै मैदानमा चेल्सीसँग बराबरीमा रोकियो मड्रिड

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेल्दै फाइनलमा स्थान बनाउने सम्भावना पनि बराबरी गरेका छन् । घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड इंग्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएको हो ।

१४ औँ मिनेटमा क्रिष्टियन पुलिसिकको गोलबाट भ्रमण टोली चेल्सीले सुरुवाति अग्रता लियो । २९ औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल गरे । दोस्रो लेग चेल्सीको मैदानमा हुनेछ । बराबरी गरेको चेल्सी घरेलु मैदानमा अवे गोलको बेनिफिटमा हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..