चेक गणतन्त्रको युरो कपमा विजयी सुरुवात : प्याट्रिक शिकका २ गोलले स्कटल्यान्ड स्तब्ध

युरो २०२० मा चेक गणतन्त्रले विजयी सुरूवात गरेको छ। खेलमा जित निकाल्ने क्रममा चेकले घरेलु टिम स्कटल्यान्डलाई २-० गोलले पराजित गर्‍यो।

खेलको ४२ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेकलाई अग्रता दिलाए। ५२ मिनेटमा शिकले चेकको अग्रता दोब्बर पारे। सेन्टर एरियाबाट शिकले स्कटल्यान्डका गोलकिपर अघि बढेको मौकामा हानेको प्रहारले जाली चुमेको थियो। शिकले ४५ मिटर टाढाबाट हानेको प्रहारले जाली चुमेको हो।

त्यसपछि स्कटल्यान्डले गोल गर्न गरेको प्रयासमा चेकका गोलकिपर बाधक बनेका थिए। आजको दोस्रो खेलमा पोल्यान्ड र स्लोभाकिया प्रतिस्पर्धा भिड्दैछन्। रसियाको सेन्ट पिटर्सवर्गमा हुने खेल राति ९:४५ बजे सुरू हुनेछ।

राति १२:४५ बजे हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ। यो खेल स्पेनको सेभियामा हुनेछ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..