यूरोकप २०२० : इंग्ल्यान्ड र जर्मनीको पहिलो हाफ गोल विहिन

१६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो हाफमा दुवै टिम गोल विहिन बनेका छन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो । युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिडेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको यो १३ औं भेट हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..