यूरोकप २०२० : स्वीडेनसँग स्लोभाकिया पराजित

युरो २०२० को पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले शुक्रबार स्लोभाकियालाई १-० गोलको नतिजामा पराजित गरेको छ । समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो ।

७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले स्वीडेनलाई अग्रता दिलाएका थिए । स्लोभाकियामाथि हाबी बनेको स्वीडेनले सोही अग्रताको बचाउ गर्दै प्रतियोगिता पहिलो जित सुनिश्चित गर्‍यो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..