युरोकपका बहुप्रतिक्षित खेल हुँदै : कसले मार्ला बाजी ?

युरोकप फुटबलमा आज दुई बहु प्रतिक्षित खेल हुँदै छन् । आज उपाधि दाबेदार मानिएका चार टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेल पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ । फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा हुँदा दुबै टोलीले २/२ खेल जितेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..